काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा ३ जना निर्विरोध भएका छन् ।
दुर्गाराज श्रेष्ठ, राजेन्द्र शेरचन र उज्वल जंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका हुन् ।
संघको निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ताको समयसम्म ३ जनाको मात्रै उम्मेदवारी परेसँगै तीनै जना निर्विरोध भएका हुन् ।
संघको अध्यक्षमा रमानाथ श्रेष्ठ पनि निर्विरोध भएका छन् ।
महासचिवमा प्रेमहरि मैनाली, सचिवमा सागर शाक्य र कोषाध्यक्षमा प्रदीपमान प्रधान निर्विरोध भएका छन् । सहकोषाध्यक्षमा भने दुई उम्मेदवारको मनोनयन दर्ता भएसँगै सहमतिको प्रयास भइरहेको छ ।
११ जना सदस्य पदमा सोही संख्यामा उम्मेदवारी परेकाले सबै सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा रामचन्द्र खेतान, केशवप्रसाद मैनाली,सत्यबहादुर श्रेष्ठ, दीपक भण्डारी, भुवन श्रेष्ठ, चन्द्रबहादुर थापा, गौतम भट्ट, पुष्पराज श्रेष्ठ, फुपू तेन्जिङ शेर्पा र नरेश कुमार अग्रवाल निर्विरोध भएका छन् । यसैगरी, वर्तमान अध्यक्ष दिनेश श्रेष्ठ नयाँ कार्यसमितिमा पदेन कार्यसमिति सदस्य रहनेछन् ।
सोही साधारणसभाबाट नयाँ कार्यसमितिको औपचारिक घोषणा हुनेछ ।






Comments are closed.