महासंघको वरिष्ठ उपाध्यक्षमा ३ जना र कोषाध्यक्षमा २ जनाको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन २०८३ का लागि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन गरिएको छ । महासंघको निर्वाचन समितिले तोकिएको समयभित्र दर्ता हुन आएका मनोनयन पत्रका आधारमा उम्मेदवार, प्रस्तावक र समर्थकहरूको पहिलो सूची सार्वजनिक गरेको हो ।

वरिष्ठ उपाध्यक्षका लागि ३ जना र कोषाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ ।

वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई (प्रस्तावकः ईश्वर जि.सी., समर्थकः अभिज्ञा मल्ल), सुरकृष्ण वैद्य (प्रस्तावकः कृष्ण प्रसाद शर्मा, समर्थकः रविन पुरी) र हेमराज ढकाल (प्रस्तावकः नरेश लाल श्रेष्ठ, समर्थकः लिलेन्द्र प्र. प्रधान)को उम्मेदवारी परेको छ ।

कोषाध्यक्षका लागि मनिष लाल प्रधान (प्रस्तावकः दिल सुन्दर श्रेष्ठ, समर्थकः नानीराज घिमिरे) र अम्बिका प्रसाद पौडेल (प्रस्तावकः बाबुकाजी कार्की, समर्थकः भक्त बहादुर हमाल)को उम्मेदवारी परेको छ ।

You might also like

Comments are closed.