काठमाडौं । नेपाली बजारमा गुणस्तरीय स्न्याक्स र दालमोठको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ युवा व्यवसायी भुवन श्रेष्ठले नयाँ उद्योग सञ्चालनमा ल्याएका छन् । काठमाडौंको नागार्जुनस्थित रामकोटमा अत्याधुनिक प्रविधिको प्लान्टसहित ‘स्विस फुड्स इन्डष्ट्रिज’ सञ्चालनमा आएको हो ।
उद्योगले अत्याधुनिक मेसिनरी र उच्च प्रविधिको प्रयोग गरी पूर्ण रूपमा स्वस्थकर र स्वादिला विभिन्न प्रकारका दालमोठ, चिप्स तथा अन्य तयारी खाजाहरूको व्यावसायिक उत्पादन सुरु गरिसकेको श्रेष्ठले जानकारी दिए ।

स्विस फुड्स इन्डष्ट्रिजले उपभोक्ताको फरक-फरक रुचि र स्वादलाई ध्यानमा राख्दै बजारमा विभिन्न भेरियन्टमा उत्पादनहरू ल्याएको छ । चिप्स र पपकर्न, परम्परागत नेपाली स्न्याक्सहरु दालमोठ, फुरनदाना, चटपटे र नमकिनहरू, नवरत्न मिक्सचर, मुङ दाल, पिनट्स, अल–इन–वन मिक्सचर लगायतका उत्पादनहरु बजारमा आएका छन् ।
देशभर डिलर नेटवर्क विस्तार गरिँदै
उद्योग स्थापना र उत्पादनको सुरुआतसँगै उपभोक्तामाझ सहज पहुँच पु¥याउन देशभर डिलर नेटवर्क विस्तारको कार्य तीव्र गतिमा अघि बढाइएको उद्योगका सञ्चालक भुवन श्रेष्ठले जानकारी दिए ।
‘हामीले उपभोक्ताको स्वास्थ्य र स्वादलाई पहिलो प्राथमिकतामा राखेर अत्याधुनिक प्लान्टमार्फत उत्पादन सुरु गरेका छौँ,’ उनले भने, ‘अबको लक्ष्य देशभरका हरेक कुना–कुनामा स्विस ब्रान्डका गुणस्तरीय उत्पादनहरू पु¥याउनु हो, जसका लागि डिलर नियुक्तिको प्रक्रिया सुरु भइसकेको छ ।’
व्यावसायिक सम्पर्कका लागि :
स्विस फुड्स इन्डष्ट्रिज (Swiss Food Industries)
रामकोट, नागार्जुन, काठमाडौं, नेपाल
9818754478, 9841565840
Email : swissfoodindustries@gmail.com Web : www.swissfoodnepal.com







Comments are closed.