नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको अध्यक्षमा अखिलकुमार चापागाईं

काठमाडौं । नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारणसभाले अखिलकुमार चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा बिक्रम राई, उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महासचिवमा माधब गिरी, सचिवमा सुशील कडरिया, अम्बिका शर्मा लामिछाने र कोषाध्यक्षमा शेरबहादुर कुँवर चुनिएका छन् । त्यसैगरि कार्यसमितिका सदस्यमा अनोज रिमाल, प्रेम पाण्डे, निरज तिमल्सिना, माइकल कर्माचार्य, बिनय उपाध्याय, गोकर्ण लामिछाने, विजयप्रसाद गुप्ता र शैलेन्द्र बुढाथोकी रहेको संघले जनाएको छ ।

सो अवसरमा नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट को सम्मानमा स्वागत समारोह समेत आयोजना गरिएको थियो। साधारणसभाले नेपाल र अस्ट्रेलियाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यका साथ संघका गतिविधि, उपलब्धि र भावी योजनाको समीक्षा गरेको छ । सभामा सदस्यहरूले संघका प्रमुख पहलहरूमाथि छलफल गर्नुका साथै वार्षिक प्रतिवेदनको समीक्षा गरेका थिए ।

सो अवसरमा नवनिर्वाचित सदस्यहरूलाई स्वागत गरिएको थियो । साथै, दुई देशबीचको द्विपक्षीय व्यापार, लगानी, पर्यटन, शिक्षा र व्यावसायिक सहयोगलाई अगाडि बढाउने संघको प्रतिबद्धतामा साधारणसभाका सहभागीहरुले पुनः जोड दिए ।

साधारणसभा सम्पन्न भएपछि संघले नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टको सम्मानमा विशेष स्वागत समारोहको आयोजना गरेको थियो, जसमा नेपाल सरकारका प्रतिनिधि, कूटनीतिक नियोग, व्यावसायिक क्षेत्रका अगुवा, उद्यमी, शैक्षिक क्षेत्रका सरोकारवाला, संघका सदस्य तथा अन्य आमन्त्रित पाहुनाको उपस्थिति रहेको थियो ।

संघका अध्यक्ष अखिलकुमार चापागाईंले तीन दशकभन्दा बढी समयदेखि नेपाल–अस्ट्रेलिया सम्बन्ध प्रवद्र्धनमा संघले निर्वाह गरेको भूमिकामाथि प्रकाश पारे । उनले विगतका वर्षहरूमा अस्ट्रेलियामा भएका विभिन्न व्यापारिक मेला तथा व्यवसाय प्रवद्र्धनका गतिविधिहरूमा सहभागिता जनाएको स्मरण गर्दै द्विपक्षीय व्यापार, लगानी, पर्यटन, शिक्षा र जनस्तरको सम्बन्धलाई सुदृढ बनाउन संघले निरन्तर प्रयास गरिरहेको जानकारी गराए ।

कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टको उपस्थितिलाई संघले नेपाल र अस्ट्रेलियाबीचको बलियो र बढ्दो साझेदारीको प्रतिबिम्ब मानेको छ । कार्यक्रममा परराष्ट्र मन्त्रालय, सरकारी निकाय, निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधि तथा नेपाल र अस्ट्रेलियाका व्यावसायिक समुदायका सदस्यहरूको समेत सहभागिता रहेको थियो ।

अध्यक्ष चापागाईंले नेपाल र अस्ट्रेलियाले व्यापार, वाणिज्य, शिक्षा, पर्यटन, नवप्रवर्तन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोगलाई थप गहिरो बनाउने विश्वास व्यक्त गरे । उनले सहकार्य र पारस्परिक वृद्धिका लागि नयाँ अवसरहरू सिर्जना गर्न अस्ट्रेलियाली दूतावास र सम्बन्धित सरोकारवालाहरूसँग मिलेर काम गर्ने संघको प्रतिबद्धता रहेको बताए ।

 

You might also like

Comments are closed.