सशस्त्र प्रहरीका एसपी अरुण शर्मा नगदसहित सम्मानित

पोखरा । सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्मा सम्मानित भएका छन् ।

गणतन्त्र दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले शर्मासहित विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरेको हो ।

नागरिक सुरक्षादेखि सञ्चार, शिक्षा, कृषि, पर्यटन र समाजसेवासम्म सक्रिय भूमिका खेलेका व्यक्तित्वलाई प्रदेश सरकारले नगद पुरस्कार, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको छ ।

पोखरामा शुक्रबार आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी बल नम्बर २४ गण हेडक्वाटर कालिका गणका तत्कालीन प्रमुख अरुणकुमार शर्मालाई नगद २५ हजारसहित सम्मान गरियो ।

 

You might also like

Comments are closed.