हिमालय एअरलाइन्सले काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सुरु गर्दै

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्स् ((IATA: H9) ले जुन ०४, २०२६, देखि नेपालको राजधानी काठमाडौँ र चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात शेन्जेनबीच ऐतिहासिक सिधा उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ ।

एअरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA), काठमाडौंबाट शेन्जेन स्थित शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थल (SZX) बीच साप्ताहिक दुई सिधा उडान सेवा आरम्भ गर्दैछ । यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो ।

काठमाडौं–शेन्जेन–काठमाडौँ  सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हाल हप्तामा दुई उडान सञ्चालन गर्ने एअरलाइन्सले जनाएको छ । काठमाडौंबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार प्रस्थान गर्नेछ भने शेन्जेनबाट काठमाडौँका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।

Sector Effective Dates Days Departure Arrival
KTM-SZX 4th Jun-30th Jun Tuesday, Thursday 21:50 04:30+1
SZX-KTM 5th Jun-1st Jul Wednesday, Friday 05:55 08:35

Note: All times are local and +1 denotes next day.

यो नयाँ सेवा सुरु गर्न पाउँदा हामी रोमाञ्चित छौँ, यसले यात्रुहरूको पहुँचमा वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझै मजबुत बनाउने छ । यस पहलका साथ, हामीले काठमाडौँ–शेन्जेन–काठमाडौँ मार्गलाई प्रवद्र्धन गर्दै हाम्रा यात्रुहरूका लागि आरामदायी र रमणीय यात्रा विकल्पहरू उपलब्ध गराउने लक्ष्य राखेका छौँ । हिमालय एअरलाइन्स् आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै नेपाल र चीन दुवै लाभान्वित भई पर्यटन र व्यापारिक अवसरहरू बढ्ने अपेक्षा गरेका छौँ , ले भनेको छ ।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘नयाँ सुरु हुन लागेकोे ऐतिहासिक काठमाडौँ–शेन्जेन–काठमाडौँ उडानप्रति उत्साह व्यक्त गर्दै भने, “हिमालय एअरलाइन्स्ले सधैं चीनमा नयाँ नयाँ गन्तव्यहरू खोज्दै नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको छ । त्यसैले नयाँ बजार खोज्न हाम्रो योगदान उल्लेखनीय छ । काठमाडौँ–शेन्जेन–काठमाडौँ रुटमा सुरु गरिएको यस उडानले दुई राष्ट्रका नागरिक–नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने हाम्रो एअरलाइन्स्को उद्देश्यलाई प्रोत्साहन गर्दछ । यो ऐतिहासिक उडानको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको छ । हामी हाम्रा उडानहरूमा यात्रुहरूलाई स्वागत गर्न र उहाँहरूलाई नेपाल र चीन दुवैले प्रदान गर्ने प्राकृतिक सौन्दर्य र विविध अवसरहरूसँग जोड्न तत्पर छौँ ।’

हिमालय एअरलाइन्स्सँग यात्रा गर्न चाहने यात्रुले एअरलाइन्स्को टिकटिङ काउन्टरहरू, अधिकारिक ट्राभल पार्टनरहरूका साथै एअरलाइन्स्को आधिकारिक वेबसाइट र हिमालय एअरलाइन्स् मोबाइल एप्लिकेसनबाट पनि काठमाडौँ–शेन्जेन–काठमाडौँ उडानको टिकट बुक गर्न सक्नेछन् ।

हिमालय एअरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स मुख्य दुई उद्देश्य हुन् । हिमालय एअरलाइन्स, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड (TCADIC) र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हिमालय एअरलाइन्स ।

हिमालय एएअरलाइन्स सँग हाल ४ वटा विमान छन्, तीन एयरबस ३२० – २१४ -१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ -१४४ मितव्ययी सीटहरू) रहेका छन् । एअरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।

एअरलाइन्सले साउथ एशियन ट्राभल अवार्डस (SATA) २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्सका  रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो ।

डिसेम्बर २९, २०२१ मा एअरलाइन्स अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्सको गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ । डिसेम्बर २८, २०२३मा, क्ष्इक्ब् अपरेटरको रूपमा प्रमाणित र क्ष्ब्त्ब् सदस्य एअरलाइन्सको रूपमा दर्ता भएको हिमालय एअरलाइन्स नेपालको पहिलो र एकमात्र एअरलाइन्स्् होे ।

सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स  जडान गरेको थियो । योसँगै एअरलाइन्स जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स ० र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्सले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स््को रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्सका रूपमा प्रतिस्थापित हुन चाहेको छ ।

You might also like

Comments are closed.