बालाजुका भूपेन्द्र बने ‘सिएफ मोटोको नयाँ वर्ष २०८३ लक्की ड्र अफर’ विजेता

काठमाडौं । CFMOTO नेपालले नयाँ वर्ष २०८३ को अवसरमा सञ्चालन गरेको “Lucky Draw Cashback Offer” अन्तर्गत विजेता ग्राहकको आधिकारिक घोषणा गरेको छ। यो योजना अन्तर्गत चैत २०, २०८२ देखि वैशाख ३१, २०८३ सम्म CFMOTO 250 DUAL EFI खरिद गर्ने ग्राहक सहभागी भएका थिए।

लक्की ड्र कार्यक्रम कम्पनीको नक्साल, नारायणचौरस्थित शोरुममा सम्पन्न गरिएको थियो, जहाँ विभिन्न सञ्चारकर्मी, ग्राहक तथा कम्पनी प्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रम पारदर्शी र उत्साहजनक वातावरणमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

यस अफर अन्तर्गत बालाजु निवासी भूपेन्द्र राई नगद  १ लाख रुपैयाँ क्यासब्याक जित्ने भाग्यशाली ग्राहक घोषित भएका छन्।

राईले कम्पनीबाट आफू विजेता भएको खबर सुन्दा अत्यन्तै आश्चर्यचकित तथा खुसी भएको बताए। उनले आफू CFMOTO 250 DUAL EFI को परफर्मेन्सबाट पहिलेदेखि नै पूर्ण सन्तुष्ट रहेको र अब यस्तो आकर्षक अफर जित्न पाउँदा झन् धेरै खुसी भएको प्रतिक्रिया दिए।

कुराकानीका क्रममा उनले CFMOTO केवल एउटा चिनियाँ ब्रान्ड मात्र नभई विश्व बजारमा आफ्नो गुणस्तर प्रमाणित गरिसकेको अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड भएको बताए। विशेषगरी 450MT तथा 250 DUAL EFI जस्ता नयाँ मोडलहरूले विश्व बजारमा उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख गर्दै उनले CFMOTO 250 DUAL EFI रोज्नु आफ्नो जीवनकै उत्कृष्ट निर्णयमध्ये एक भएको बताए।

उनले बाइकको परफर्मेन्स, कम्फर्ट, विश्वसनीयता तथा कम्पनीको ग्राहकप्रतिको प्रतिबद्धताप्रति पूर्ण सन्तुष्टि व्यक्त गरे।

CFMOTO नेपालले आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय गुणस्तर तथा ग्राहक केन्द्रित सेवामार्फत नेपाली बजारमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै लगिरहेको जनाएको छ।

You might also like

Comments are closed.