नेपाल उद्योग वाणिज्य संघ काठमाडौंमा राष्ट्रिय आर्थिक गणनासम्बन्धी अन्तरक्रिया

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं र आर्थिक गणना कार्यालय, काठमाडौंको सयुक्त“राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।

संघको सचिवालय कान्तिपथमा भएको कार्यक्रममा राष्ट्रिय आर्थिक गणनाको परिचय, महत्व, उद्देश्य, प्रतिष्ठानहरूको गणना प्रक्रिया, गणना सञ्चालन गर्ने तरिका, आवश्यक विवरण तथा कागजातहरू, साथै गत वर्ष सम्पन्न गणनाको प्रगति विवरणका विषयमा विस्तृत छलफल गरिएको थियो।

हाल राष्ट्रिय आर्थिक गणना २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन भइरहेको सन्दर्भमा बाँकी अवधिभित्र काठमाडौं जिल्लाभित्र रहेका सम्पूर्ण उद्योग, व्यवसाय तथा प्रतिष्ठानलाई कसरी समेट्ने भन्ने विषयमा समेत सहभागीहरूबीच छलफल भएको थियो।

सो अवसरमा काठमाडौंका सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूलाई आर्थिक गणना गर्न आउने गणक तथा सम्बन्धित अधिकारीहरूलाई आवश्यक र सही विवरण उपलब्ध गराई गणना कार्यलाई सफल बनाउन समन्वय एवं सहयोग गरिदिन अनुरोध गरिएको छ ।

राष्ट्रिय आर्थिक गणना सम्बन्धी थप जानकारी आवश्यक परेमा टोल फ्री नम्बर ११७८ मा सम्पर्क गर्न सकिने संघले जनाएको छ।

You might also like

Comments are closed.