CFMOTO 250 DUAL Rainbow Trout Ride हुने

काठमाडौं । नेपालको अग्रणी प्रिमियम मोटरसाइकल ब्रान्ड CFMOTO नेपाल ले आफ्ना 250 DUAL राइडरका लागि विशेष रूपमा “CFMOTO 250 DUAL Rainbow Trout Ride” आयोजना गरेको छ। कार्यक्रम जेठ ३०, २०८३ (१३ जुन २०२६) मा सीएफमोटो नक्साल, नारायणचौरस्थित शोरुम बाट सुरु भई आशापुरी ड्रीम हाउस रिसोर्ट, सूर्यविनायक–८, भक्तपुरमा सम्पन्न हुनेछ।

यस राइडको प्रमुख उद्देश्य CFMOTO 250 DUAL राइडरबीच आपसी सम्बन्ध सुदृढ गर्दै एक बलियो “CFMOTO Brotherhood” निर्माण गर्नु रहेको बताइएको छ । मोटरसाइकल केवल यातायातको साधन मात्र नभई समान सोच, साहसिक भावना र नयाँ अनुभव खोज्ने व्यक्तिलाई जोड्ने माध्यम भएको विश्वासका साथ कम्पनीले कार्यक्रम आयोजना गरेको जनाएको छ।

Rainbow Trout Ride मा सहभागी राइडरले समूहगत रूपमा सुरक्षित र व्यवस्थित राइडको अनुभव लिनुका साथै विभिन्न मनोरञ्जनात्मक खेल, टीम–बिल्डिङ गतिविधि, अनुभव आदान–प्रदान सत्र तथा अन्य आकर्षक कार्यक्रमहरूमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्। यसले राइडरबीच मित्रता, सहकार्य र समुदायप्रतिको अपनत्व अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

CFMOTO नेपालका अनुसार 250 DUAL नेपालमा साहसिक र बहुउपयोगी मोटरसाइकलका रूपमा लोकप्रिय बन्दै गएको छ। सोही उत्साहलाई अझ प्रोत्साहन गर्दै ग्राहकलाई ब्रान्डसँग भावनात्मक रूपमा जोड्ने उद्देश्यले Rainbow Trout Ride जस्ता कार्यक्रम आयोजना कम्पनीले गर्दै आएको छ ।

कार्यक्रममा सहभागी राइडरले रमणीय मार्गमा सामूहिक यात्रा गर्दै मनोरञ्जन, भाइचारा र साहसिकताको अनुपम अनुभव प्राप्त गर्ने साथै, कार्यक्रममा सहभागीलाई विभिन्न सरप्राइज गतिविधि तथा स्मरणीय क्षणहरू सिर्जना गर्ने अवसर पनि प्रदान गरिने बताइएको छ।

CFMOTO नेपालले सम्पूर्ण 250 DUAL मालिकहरूलाई यस विशेष राइडमा सहभागी भई आफ्नो राइडिङ अनुभवलाई अझ रोमाञ्चक, अर्थपूर्ण र अविस्मरणीय बनाउन सकिने कम्पनीको विश्वास  छ ।

You might also like

Comments are closed.