इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा मोहनकुमार डाँगाी निर्वाचित भएका छन् । संस्थाको २४ औं वार्षिक साधारण सभा एवं आठौं अधिवेशनले डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामा, उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित भएका छन् ।

त्यसैगरि महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) , उपमहासचिव कविता पोख्रेल, सचिवमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी र कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन् ।

त्यसैगरि संस्थाको सदस्यमा अनुप आचार्य, कदम केसी, जगदिश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कंडेल, प्रतिमा ज्ञवाली , मिलन खड्का , संगीता धमला ,वर्णन लामिछाने निर्वाचित भएका छन् । २७ सदस्यीय कार्य समितिमा बाँकी मनोनयन हुने छन् ।

You might also like

Comments are closed.