शिवपुरीको जंगलमा साहसिक ट्रेल राइडसँगै ट्रायम्फ मोटरसाइकल्स नेपालको ‘एपेक्स राइड’ सम्पन्न

काठमाडौं । ट्रायम्फ मोटरसाइकल्स नेपालले आइतबार ुएपेक्स राइड स् ट्रेल्स अफ शिवपुरी’ सम्पन्न गरेको छ। शिवपुरी राष्ट्रिय निकुञ्जका रमणीय ट्रेल हुँदै आयोजना गरिएको यस विशेष राइडमा ट्रायम्फ मोटरसाइकल राइडर सहभागी थिए।

विश्व मोटरसाइकल दिवसको अवसरमा राइडिङको उत्साहलाई उत्सवका रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले राइडरलाई सहरको व्यस्तताबाट केही समय टाढा रहने अवसर प्रदान गर्यो। सुन्दर सडक, रोमाञ्चक ट्रेल खण्डहरू, राइडरबीचको आत्मीयता तथा नेपालमा ावस्ता रँदै गएको ट्रायम्फ राइडर समुदायको साझा उत्सवले यस राइडलाई विशेष बनाएको थियो।

यो राइड बुद्धनीलकण्ठ, डाँडागाउँ, सांग्ला,लिखु खोला र समुद्रदेवी हुँदै अगााड बढेको थियो । सहभागीले रमणीय सडक, शीतल ट्रेल, नदीकिनारका मार्ग र आउटडोर राइाडङ अनुभवको आवस्मरणीय मिश्रण अनुभव गरेका थिए।

राइडपछि सहभागी नक्सालिस्थत बाइकस क्याफेमा ट्रायम्फ नेपालद्वारा आयोजत विशेष साँझमा एकात्रत भएका थिए। उक्त साँझको प्रमुख आकर्षण गत वैशाख १२ देखि १८ गते सम्मसंचालन भएको ट्रायम्फ नेपाल इपिक राइड – मनाङ एडीशनको भिडियो प्रिमियर थियो, जसले राइडरलाई ट्रायम्फ नेपालको सबैभन्दा आवस्मरणीय साहासक यात्रामध्ये एकलाई पुनः स्मरण गनˇ अवसर प्रदान गरेको थियो।

साँझको कायक्रम स्वाादष्ट भोजन, आत्मीय कुराकानी र ट्रायम्फ राइडर समुदायबीच अनुभव र यात्राका कथा बाँड्दै ानरन्तर अघि बढ्यो। यसले यो कायक्रमलाई केवल राइड मात्र नभई, आपसी सम्बन्ध, साहासक अनुभवका रूपमा अझ अथपूण बनाएको आयोजकको विश्वास छ ।

कार्यक्रमको सफलताबारे प्रतिक्रिया दिँदै ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने, ‘हामीले यो राइडलाई केवल मोटरसाइकलको मात्र नभई समुदायको उत्सव बनोस् भन्ने चाहेका थियौं। ‘एपेक्स राइड स् ट्रेल्स अफ ‘शवपुरी’ ले ट्रायम्फ राइडरलाई एकै ठाउँमा भेला हुने, स्फुर्तदायी ट्रेलहरूको अनुभव गनˇ, आफ्ना कथाहरू बाँड्ने र मोटरसाइकल यात्राको वास्तावक रोमाञ्च अनुभव गनˇ। हाम्रो लााग सधैं वशेष कुरा भनेको राइडर आफ्नो मोटरसाईकलसँग मात्र होइन, यात्राका दृश्य, सम्पूण यात्रा र एक–अका सँग पान जोाडएको देख्नु हो।’

You might also like

Comments are closed.