वन्डर्स इनर्जी प्रालिको साधारण सभा सम्पन्न

वन्डर्स इनर्जी प्रालि (खिम्ती–ध्वाङ् साना जलविद्युत् आयोजना, ९ मेगावाट) को वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारणसभामा कम्पनीले निर्माण गरिरहेको खिम्ती ध्वाँङ् जलविद्युत आयोजनाको निर्माण कार्य २०८४ साल चैतमा सम्पन्न गर्नेगरि कार्य भैरहेको बताइएको छ ।

आयोजनाको लागि आवस्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति बैसाख १५ गतेको मन्त्रिपरिषदबाट निर्णय भएको र आयोजना निर्माणका लागि लाग्ने रु.१ खर्व ९० मध्ये रु. १२५ करोड ऋण लगानीको लागि NMB Bank  सँग समझदारी अन्तिम चरणमा पुगेको र बाँकी ६५ करोड मध्ये रु ३५ करोड जुटिसकेको  तथा ३० करोड असोज भित्रमा जुटाउने गरि काम भैइरहेको कम्पनीका कार्यकारी संचालक प्रकाश दुलालले जानकारी दिए।

साधारणसभाले कम्पनी पुँजी बृद्धि गरेर १०० करोड पुर्याउने र ७० करोड स्वपँजी र ३० करोड IPO निष्कासन गर्ने निर्णय गर्दै बैक ऋण लिन कम्पनीको संचालक समितिलाइ अख्तियार दिने निर्णय समेत गरेको छ ।

You might also like

Comments are closed.