आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अभिमुखिकरण तालिम सम्पन्न

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कम्पनीका संचालक, व्यवस्थापन र आधारभूत शेयरधनीको सहभागितामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण(Anti–Money Laundering and Combating the Financing of Terrorism – AML/CFT) सम्बन्धी अभिमुखिकरण तालिम तथा सेमिनार सम्पन्न गरेको छ ।

उक्त अवसरमा AML/CFT को विज्ञ प्रशिक्षकको रूपमा शाम्भराज लामिछानेले यस क्षेत्रमा भएको हालको अवस्था एवं कम्पनीले अबका दिनमा परिपालन गर्नुपर्ने विषयमा जानकारी दिएका थिए । कार्यक्रममा AML/CFT सम्बन्धी प्रचलित कानुनी व्यवस्था, नियामकीय अपेक्षा, ग्राहक पहिचान तथा यथोचित सावधानी (Customer Due Diligence), जोखिममा आधारित दृष्टिकोण (Risk–Based Approach), शंकास्पद कारोवारको पहिचान तथा प्रतिवेदन, लक्षित वित्तीय प्रतिबन्ध (Targeted Financial Sanctions) लगायतका समसामयिक विषयहरूमा विस्तृत रुपमा प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक छलफल भएको थियो ।

सो अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले सबैले आ–आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीको नियमक निकायहरुले दिएको निर्देशन त्यसै गरी ऐन, नियम, कानून र समय समयमा जारी हुने परिपत्र तथा निर्देशन समेतको अक्षरस पालना गरी ग्राहकलाई उच्च स्तरको सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारवाहीमा समेत सोलाई पूर्ण रुपमा पालना गरी अगाडी बढ्न तथा सबैलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान गरि तोके बमोजिमको पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पूर्ण रुपमा पालना गरेर कार्य गर्न निर्देशन दिए ।

सोही अवसरमा कम्पनीका संचालक उमाकान्त आचायले कम्पनीले आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रमका प्रस्तुतीकर्ता, कम्पनीका संचालक समितिको अध्यक्ष तथा संचालकहरु, आधारभूत शेयरधनी र उच्च व्यवस्थापन तथा विभागीय प्रमुखलाई धन्यवाद दिँदै कम्पनीले आगामी दिनमा पनि नियमिक निकायबाट प्राप्त सबै ऐनहरु तथा निर्देशन अक्षरस पालना गरी प्रत्यक्ष र परोक्ष रुपमा देशलाई नै सहयोग पुग्ने गरी कार्य गरिने जानकारी गराए ।

You might also like

Comments are closed.