हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपालको सेल्स मिट अगस्ट २१ मा हुने

काठमाडौं । हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपालको पाँचौं वार्षिक सेल्स मिट (मिट एण्ड ग्रिट) कार्यक्रम २१ अगस्ट २०२६ मा हुने भएको छ ।

नेपालको हस्पिटालिटी तथा पर्यटन क्षेत्रका व्यवसायी, होटल प्रतिनिधि, उद्योगी, साझेदार तथा सरोकारवालाबीच आपसी सम्बन्ध सुदृढ गर्दै ज्ञान, अनुभव र व्यावसायिक अवसरको आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ।

हस्पिटालिटी क्षेत्रका व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि, नेटवर्क विस्तार तथा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको सेल्स मिट बृहत् र आकर्षक रूपमा सम्पन्न गरिने एसोसिएसनका महासचिव दिपक पोखरेलले जानकारी दिए ।

कार्यक्रममा उद्योगका अग्रणी व्यक्तित्वसँग नेटवर्किङ, अन्तरक्रियात्मक भेटघाट, मनोरञ्जनात्मक प्रस्तुति रहने आयोजकले जनाएको छ।

नेपालको आतिथ्यता तथा पर्यटन उद्योगको दिगो विकासका लागि सहकार्य, अनुभव आदानप्रदान तथा व्यावसायिक सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने एसोसिएसनले जनाएको छ ।

You might also like

Comments are closed.