काठमाडौं । नेपालको लजिस्टिक्स उद्योग पछिल्ला केही वर्षयता तीव्र गतिमा विस्तार भइरहेको छ। ई–कमर्स, डिजिटल व्यापार तथा छिटो र भरपर्दो डेलिभरी सेवाप्रतिको बढ्दो मागसँगै यस क्षेत्रमा नयाँ लगानी र पूर्वाधार विकास पनि उल्लेखनीय रूपमा बढेको छ। यही परिवर्तनबीच उपायले पछिल्लो एक वर्षमा हासिल गरेको व्यावसायिक विस्तारले सबैको ध्यान आकर्षित गरेको छ।
सन् २०२० मा स्थापना भएको उपायले प्रविधिमा आधारित लजिस्टिक्स सेवामार्फत नेपालभरका व्यवसाय, अनलाइन विक्रेता, ई–कमर्स कम्पनी, उद्योग तथा उपभोक्तालाई जोड्ने उद्देश्यका साथ आफ्नो यात्रा सुरु गरेको थियो। केही वर्षमै कम्पनीले देशव्यापी वितरण सञ्जाल निर्माण गर्दै नेपालको प्रमुख तथा भरपर्दो लजिस्टिक्स सेवा प्रदायकमध्ये एकका रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ।
कम्पनीका अनुसार चालु आर्थिक वर्ष उपायका लागि विस्तार र वृद्धिको वर्ष बनेको छ। कर्मचारी संख्या, शाखा विस्तार, वितरण सञ्जाल, दैनिक डेलिभरी क्षमता, राजस्व वृद्धि तथा पूर्वाधार विकासलगायत सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको कम्पनीले जनाएको छ।
गत आर्थिक वर्षसम्म करिब ३८० कर्मचारी रहेको कम्पनीमा हाल १,५०० भन्दा बढी कर्मचारी कार्यरत छन्। प्रत्यक्ष रोजगारीसँगै हजारौं डेलिभरी पार्टनर, स्थानीयवासी, ट्रान्सपोर्ट साझेदार तथा अन्य सेवा प्रदायकमार्फत अप्रत्यक्ष रूपमा ५,००० भन्दा बढी रोजगारी सिर्जना भएको कम्पनीको दाबी छ।
त्यस्तै, ४० शाखाबाट विस्तार हुँदै हाल ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र सञ्चालनमा आएका छन्। कम्पनीको सेवा अहिले नेपालका सबै जिल्लासहित ५,००० भन्दा बढी वितरण स्थलमा पुगेको छ।
दैनिक डेलिभरी क्षमतामा पनि उल्लेखनीय वृद्धि भएको छ। केही वर्षअघि दैनिक करिब १,००० पार्सल वितरण गर्ने कम्पनीले अहिले औसत १५,००० पार्सल प्रतिदिन वितरण गरिरहेको जनाएको छ।
सञ्चालन विस्तारसँगै कम्पनीको वित्तीय प्रदर्शनमा पनि सकारात्मक सुधार आएको छ। कम्पनीका अनुसार चालु आर्थिक वर्षमा कारोबार रकममा करिब ५४ प्रतिशत वृद्धि भएको छ।
यो वृद्धि ढुवानी सेवाको विस्तार, देशव्यापी शाखा विस्तार, नयाँ व्यावसायिक ग्राहक, Fulfillment सेवाको विस्तार, बढ्दो ई–कमर्स बजार तथा दैनिक पार्सल भोल्युममा भएको वृद्धिका कारण सम्भव भएको कम्पनीको भनाइ छ।
उपाय वेयरहाउसिङले हाल काभ्रेको साँगामा १८ रोपनीभन्दा बढी आफ्नै जग्गामा करिब ४५,००० वर्गफुट क्षेत्रफलमा अत्याधुनिक 3PL (Third-Party Logistics) Warehouse निर्माणलाई तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ।
कम्पनीका अनुसार वेयरहाउसको कुल भण्डारण क्षमता करिब १,४०,००० वर्गफुटभन्दा बढी हुनेछ। परियोजना आगामी ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
वेयरहाउस सञ्चालनमा आएपछि Storage, Inventory Management, Pick & Pack, Fulfillment तथा Nationwide Distribution लगायतका एकीकृत 3PL सेवाहरू एउटै स्थानबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ।
हाल कम्पनीले काठमाडौंको पेप्सीकोलास्थित करिब १८,००० वर्गफुट 3PL वेयरहाउसबाट सेवा सञ्चालन गरिरहेको छ। नयाँ पूर्वाधारले बढ्दो व्यावसायिक माग सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार यो वेयरहाउस नेपालको लजिस्टिक्स क्षेत्रको विकासमा कोशेढुङ्गा साबित हुनेछ।
उपायको Fulfillment Division का President संगम पौडेलका अनुसार कम्पनीले तत्कालीन बजारको आवश्यकता मात्र नभई भविष्यको लजिस्टिक्स उद्योगलाई ध्यानमा राखेर लगानी गरिरहेको छ।
उनले भने, “नेपालमा व्यवसाय गर्ने तरिका तीव्र रूपमा परिवर्तन भइरहेको छ। त्यही परिवर्तनसँगै लजिस्टिक्स पनि आधुनिक हुन आवश्यक छ। हामीले निर्माण गरिरहेको 3PL Warehouse ले नेपाली व्यवसायहरूलाई अझ प्रभावकारी, व्यवस्थित र स्केलेबल लजिस्टिक्स समाधान उपलब्ध गराउने विश्वास लिएका छौं।”
उनका अनुसार कम्पनीको लक्ष्य केवल पार्सल डेलिभरी सेवा प्रदान गर्नु मात्र नभई सम्पूर्ण Supply Chain लाई अझ प्रभावकारी बनाउँदै गुणस्तरीय सेवा प्रदान गर्नु हो।
उपायको विस्तारसँगै रोजगारी सिर्जनामा पनि उल्लेखनीय योगदान पुगेको कम्पनीले जनाएको छ।
कम्पनीका AVP–Human Resources राजु के.सी.का अनुसार पछिल्लो एक वर्षमा कर्मचारी संख्या चार गुणाभन्दा बढी बढ्नुले नेपालको श्रम बजारमा सकारात्मक प्रभाव परेको छ।
उनले भने, “हामी कर्मचारी संख्या मात्र बढाइरहेका छैनौं, दक्ष जनशक्ति पनि निर्माण गरिरहेका छौं। नियमित तालिम, सुरक्षित कार्य वातावरण, करियर विकास र कर्मचारी कल्याणलाई प्राथमिकतामा राखेर उपायलाई दीर्घकालीन रोजगारीको उत्कृष्ट कार्यस्थल बनाउने हाम्रो लक्ष्य हो।”
हाल उपायले ई–कमर्स कम्पनी, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग, हाइड्रोपावर परियोजना तथा रिटेल ब्रान्डहरूलाई End-to-End Logistics Solution उपलब्ध गराउँदै आएको जनाएको छ।
Seller Portal, Real-Time Tracking, Proof of Delivery (POD), Fulfillment Service, Air Cargo, Integration Cargo Service, Nationwide Distribution Network तथा Enterprise Logistics Solutions जस्ता सेवामार्फत कम्पनीले डिजिटल व्यापारलाई थप सहज बनाइरहेको जनाएको छ।
उपायले आगामी वर्षहरूमा देशव्यापी नेटवर्क विस्तार, थप नयाँ 3PL Warehousing Facilities, Fulfillment Services तथा AI मा आधारित आधुनिक लजिस्टिक्स पूर्वाधारमा थप लगानी गर्ने योजना सार्वजनिक गरेको छ।
President – Fulfillment संगम पौडेलका अनुसार, “हाम्रो उद्देश्य केवल कम्पनीको वृद्धि होइन, नेपालको सम्पूर्ण लजिस्टिक्स इकोसिस्टमलाई नयाँ स्तरमा पुर्याउनु हो। पूर्वाधार, प्रविधि, जनशक्ति र सेवाको गुणस्तरमा निरन्तर लगानी गर्दै हामी नेपाली व्यवसायहरूको दीर्घकालीन विकासका लागि विश्वसनीय साझेदार बन्न प्रतिबद्ध छौं।”
कर्मचारी संख्या, शाखा विस्तार, कारोबार वृद्धि, दैनिक पार्सल व्यवस्थापन क्षमतामा भएको सुधार तथा नयाँ 3PL वेयरहाउस निर्माणजस्ता उपलब्धिले उपायले पछिल्लो एक वर्षमा उल्लेखनीय व्यावसायिक विस्तार हासिल गरेको कम्पनीको दाबी छ। उद्योग विश्लेषकहरूका अनुसार नेपालको लजिस्टिक्स बजार तीव्र रूपमा विस्तार भइरहेका बेला यस्ता पूर्वाधारमा गरिएको लगानीले भविष्यमा उपायको प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ।



Comments are closed.