जर्ती तथा ज्याला निर्धारण सम्बन्धी नीति तथा मापदण्ड निर्माणका विषयमा छलफल

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका प्रतिनिधि र नेपाल सरकारका विभिन्न निकायका विज्ञबीच जर्ती तथा ज्याला सम्बन्धी नीति तथा मापदण्ड निर्माणका विषयमा छलफल बैठक सम्पन्न भएको छ ।

नेपाल सरकार, उद्योग विभागको आयोजनामा सुनचाँदी, रत्न तथा आभूषण व्यवसायमा प्रचलित जर्ती तथा ज्याला निर्धारण सम्बन्धी नीति तथा मापदण्ड निर्माणका विषयमा छलफल बैठक सम्पन्न भएको हो । उक्त बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका विज्ञ तथा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा र कार्यसमिति सदस्य भुपेन वि.क.को सहभागिता रहेको थियो।

बैठकमा जर्ती तथा ज्यालासम्बन्धी विद्यमान अभ्यास, व्यवसायका चुनौती, उपभोक्ता हित संरक्षण तथा एकरूप मापदण्ड निर्माणका विषयमा छलफल भएको थियो। महासंघले जर्ती तथा ज्यालाको स्पष्ट मापदण्ड निर्धारण, बिलिङ प्रणालीमा स्पष्ट उल्लेख तथा व्यवसायलाई थप पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री बनाउने सम्बन्धमा सुझाव प्रस्तुत गरेको थियो। सहभागी पक्षहरूले आवश्यक अध्ययन तथा समन्वयपछि उपयुक्त नीति तथा मापदण्ड निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

You might also like

Comments are closed.