काठमाडौं । रोटरी क्लब अफ भिजन काठमाडौंको अध्यक्षको जिम्मेवारी कृष्णप्रसाद दुलालले सम्हालेका छन्। क्लबको अध्यक्षमा सर्वसम्मत चयन भएका दुलाललाई संस्थापक अध्यक्ष जगत पोखरेलले पद हस्तान्तरण गरेका हुन्।
आइतबार आयोजित एक कार्यक्रमबीच पदस्थापन सम्पन्न भएको छ। सो क्रममा नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ समेत गराइएको छ।
नवनिर्वाचित अध्यक्ष दुलालले सामाजिक क्षेत्रमा क्लबले सक्रियताका साथ काम गरिरहेको र आगामी दिनमा अझै उत्कृष्ट कार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।
क्लबका संस्थापक अध्यक्ष पोखरेलले क्लबले छोटो समयमा उत्कृष्ट पहिचान बनाएको बताए। उनले क्लबको हरेक गतिविधिमा संस्थापक अध्यक्षको तर्फबाट सधैं साथ रहने प्रतिबद्धता समेत व्यक्त गरे।



Comments are closed.