काठमाडौं । नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यावसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ यही भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ । नाडा अटो शो २०२६ को शिर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको छ ।
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने बताइएको छ । यस प्रदर्शनीले विगतमा झैं अटोमोबाइल कम्पनीलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताए ।
नाडा अटो शो को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो। यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पु¥याउने विश्वास आयोजकको रहेको छ ।
लगभग तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना गरिने यस प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहने छन् जस्मा २३ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल (PCV), १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल LCV), १३ वटा ब्राण्डका दुई पांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्री समेत रहने नाडा अटो शो का संयोजक अनुप बरालले बताए ।
अटो शो को मुख्य आकर्षणमा नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्षको नाडा अटो शो स्वर्ण उत्सव संस्करण, G1 Humanoid Robot and Go2 Quadruped Robot , भविष्यमा यातायात साधनमा आउने प्रविधी विकासको अनुभव, Made in Nepal / Made for Nepal Pavilion स्वदेशमै उत्पादित् सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य कम्पोनेन्टस्रूको प्रबद्र्धन, प्रोडक्ट लन्च – विभिन्न ब्राण्डका नयाँ नयाँ मोडलहरूको लन्चिड्ड, स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास, कनेक्टिभिटीमा केन्द्रित सिम्पोसियम्स लगायत रहने द्धन् ।
अटो शो स्थलमा २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन, खल्ती एप मार्फत अग्रिम खरिदको व्यवस्था, निश्चित अवधिका लागि ५० प्रतिशत क्यास व्याक, मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, क्याफेटेरिया, पार्किड्ड व्यवस्थामा पहल, आपतकालिन स्वास्थ्य टोली, सिसिटिभी सुरक्षा निगरानी तथा आगो नियन्त्रण व्यवस्था तथा व्हीलचेयर मैत्री रहने छ ।
अटोमोबाइलप्रेमी, उद्योग व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई एच.पि. लुब्रिकेन्ट्स् प्रेजेन्ट्स् नाडा अटो शो २०२६ मा उपस्थित भई नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई आकार दिईरहेका नवीनतम प्रविधिको अनुभव लिन नाडाले आमन्त्रण गरेको छ । ६ दिन सम्म चल्ने उक्त नाडा अटो शो २०२६ करिव २,००,००० आगन्तुकले अवलोकन गर्ने विश्वास नाडाको छ ।
अटो शो को शीर्ष प्रायोजक: HP Lubricants, सह–प्रायोजक तथा इन्स्योरेन्स पार्टनरमा Shikhar Insurance Company Ltd.,वेभरेज पार्टनरमा CAMPA, चार्जिङ पार्टनरमा GI Charger, हस्पिटालिटी पार्टनरमा The Plaza, टिकटिङ पार्टनरमा Khalti by IME, हाइड्रेसन पार्टनरमा Purna Water, मोबिलिटी पार्टनरमा YANGO, अग्नि सुरक्षा पार्टनरमा Hitco Pvt. Ltd., कनेक्टिभिटी पार्टनरमा WorldLink, निगरानी पार्टनरमा HIKVISION CCTV Nepal, अस्पताल पार्टनरमा Alka Hospital Pvt. Ltd., फुड पार्टनरमा: The Bakery Cafe रहेका छन् भने कार्यक्रम व्यवस्थापन: Global Exposition & Management Services Pvt. Ltd. (GEMS) ले गर्ने छ ।



Comments are closed.