काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ६ दिनको सफल सहभागिता जनाउँदै ३०० भन्दा बढी गाडीको उल्लेखनीय बुकिङ प्राप्त गरेको छ ।
भृकुटीमण्डपस्थित लिपमोटरको स्टलमा मेलाभरि अवलोकनकर्ताको उल्लेखनीय भीड देखिएको थियो, जसको प्रमुख आकर्षणका रूपमा हालै सार्वजनिक गरिएको बी०३एक्स इलेक्ट्रिक SUV रह्यो। बी०३एक्स सेग्मेन्टमै उत्कृष्ट १४५ किलोवाटको मोटर, ५३ किलोवाट आवर्सको ब्याट्री, ५०५ किलोमिटरसम्मको रेन्ज, ५१० लिटरको फराकिलो बुट स्पेस तथा अत्याधुनिक Level 2 ADAS सुरक्षा प्रविधिका कारण अटो शोकै प्रमुख आकर्षणमध्ये एक बन्न सफल भयो ।
हालै गरिएको मूल्य कटौती र एक्स्पोका विशेष अफरले बी१० प्रतिको ग्राहक आकर्षण अझ बढायो । परिमार्जित मूल्यले बी१० लाई प्रिमियम ईभी सेगमेन्टमा अत्यन्तै आकर्षक र सर्वोत्कृष्ट विकल्पको रूपमा स्थापित गर्दै कुल बुकिङमा महत्वपूर्ण योगदान पु¥याएको कम्पनीले जनाएको छ । दुवै मोडलप्रतिको उच्च आकर्षणका कारण लिपमोटरको स्टल यस वर्षको एक्स्पोमै सबैभन्दा व्यस्त र सफल प्रदर्शनीमध्ये एक बन्न सफल भयो । एक्स्पोको सफलतापछि बढेको उत्साहसँगै सांग्रिला मोटर्स अब गाडीहरूको द्रुत डेलिभरी र नेपालभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तारमा केन्द्रित भएको छ ।
सांग्रिला मोटर्सले सम्पूर्ण अवलोकनकर्ता तथा ग्राहकलाई उनीहरूको विश्वास र सहयोगका लागि हार्दिक आभार प्रकट गरेको छ । मासेराती, अल्फा रोमियो र प्युजो जस्ता विश्वप्रसिद्ध १४ वटा ब्राण्डहरूको प्रख्यात अटोमोटिभ समूह ’स्टेलान्टिस’को विश्वव्यापी सहकार्यमा सञ्चालित लिपमोटर चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल (NEV)ब्राण्ड हो । लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ, जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए । विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विस्तृत सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई पूर्ण रूपमा ढुक्क र विश्वस्त स्वामित्वको प्रदान गर्दै आएको छ ।



Comments are closed.