काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । ग्राहकले यस योजना अन्तर्गत बैंकको अटो लोन मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा पाउने छन्
बैंकले यस योजना अन्तर्गत Base Rate + ० प्रतिशत को विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो । नाडा अटो शोलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुने बैंकले जनाएको छ । उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ ।
ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले ग्राहकलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ । नाडा अटो शो २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकलाई यस विशेष योजनाबाट लाभ लिन बे.कले आग्रह गरेको छ ।






Comments are closed.