काठमाडौं । यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले नाडा अटो शो २०२६ मा आफ्ना नयाँ स्कुटर तथा मोटरसाइकल सार्वजनिक गरेको छ ।
विभिन्न राइडरको रुची अनुसार नयाँ भेरियन्ट बजारमा ल्याएको कम्पनीले जनाएको छ । सार्वजनिक गरिएका मोडलमा १५५ सीसी इन्जिन र चाबी विना नै इन्जिन स्टार्ट गर्न सकिने कि–लेस प्रविधियुक्त यामाहा एरोक्स १५५ एस प्रमुख आकर्षणको रूपमा रहेको छ ।
त्यस्तै, कम्युटर र स्टाइल पारखीका लागि इन्धन बचत र आकर्षक डिजाइनसहितका नयाँ फेसिनो एस हाइब्रिड तथा फेसिनो डिस्क हाइब्रिड भेरियन्ट लन्च गरिएका छन् ।
यसैगरी, पर्फर्मेन्स र स्पोर्टी मोटरसाइकल प्रेमीहरूका लागि ’नयाँ आर इन्स्टिंक्ट’ अवधारणामा आधारित परिमार्जित आर १५ एस र आर १५ एम सार्वजनिक गरिएका छन् ।
यी नयाँ थपिएका मोडलहरूबारे बोल्दै MAW ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “नेपालको बढ्दो राइडर समुदायसँग जोडिनका लागि नाडा हामी एउटा महत्त्वपूर्ण मञ्च हो। यामाहाका यी नयाँ भेरियन्टहरू मार्फत हामी पर्फर्मेन्स, प्रविधिदेखि स्टाइल र व्यक्तित्वसम्मका विभिन्न आवश्यकताहरू पूरा गर्ने उत्पादनहरू ल्याउँदैछौँ। हामीलाई विश्वास छ यी नयाँ मोडलहरूले राइडिङप्रेमीहरूमाझ ठूलो उत्साह जगाउनेछन्।”
त्यस्तै,MAW राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालका अनुशार , “नेपाली राइडरहरूको बदलिँदो रुचिअनुसारका उत्पादनहरू ल्याउनुमा यामाहा सधैँ केन्द्रित रहँदै आएको छ। नयाँ एरोक्स १५५ एस, फेसिनो हाइब्रिड भेरियन्टहरू र आर १५ एसले यामाहाका विभिन्न विशेषताहरू झल्काउँछन् र यी मोडलहरू नाडामा सार्वजनिक गर्न पाउँदा हामी उत्साहित छौं। यी नयाँ भेरियन्टहरूले के कस्ता विशेषताहरू लिएर आएका छन् भन्ने कुरा आगन्तुकहरूले नजिकबाट अवलोकन गर्न पाउनुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ।”
नाडा अटो शो २०२६ मा यामाहाका यी नयाँ भेरियन्टहरू आधिकारिक रूपमा सार्वजनिक भएका हुन् । यसले आगन्तुकलाई यामाहाका नवीनतम उत्पादन अनुभव गर्ने र पर्फर्मेन्स, स्टाइल तथा इनोभेसनप्रतिको ब्रान्डको प्रतिबद्धता बुझ्न अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । अटो शो अवधिभर आगन्तुकले यामाहाको ब्लू च्याम्बर स्टलमा पुगेर यी नयाँ मोडलहरू प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।






Comments are closed.