‘नाडा अटो शो’मा लिपमोटर बि१० टप भेरियन्ट ५४.९९ लाखमै खरिदको अवसर

काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक शांग्रिला मोटर्सले ‘नाडा अटो शो २०२६’ को अवसर विद्युतीय एसयूभी ‘लिपमोटर बि१०’ को टप भेरियन्ट विशेष अफरसहित उपलब्ध गराएको छ । ५४.९९ लाख रुपैयाँमै यो गाडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

विश्वव्यापी अटोमोबाइल समूह ‘स्टेलान्टिस’को रणनीतिक साझेदारीमा निर्माण भएको लिपमोटर बि१० मा १६० किलोवाटको मोटर पावर र एक पटकको फुल चार्जमा ६०० किलोमिटरसम्मको उच्च रेन्ज पाउन सकिन्छ ।

भृकुटीमण्डपस्थित स्टल नम्बर आइ२० मा प्रदर्शनमा राखिएको यो गाडीको खरिदमा ग्राहकले कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स, ७ किलोवाट होम चार्जर + २.२ किलोवाट पोर्टेबल चार्जर, स्पेयर टायर र एसेसोरिजहरू निःशुल्क प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार नयाँ मूल्य, आधुनिक प्रविधि र आकर्षक अफरले नेपाली इभी बजारमा प्रतिस्पर्धा थप बढाउने र विद्युतीय सवारी अपनाउन चाहने ग्राहकलाई विशेष आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.