काठमाडौं । गोल्छा अर्गनाइजेसन अन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले आफ्नो इलेक्ट्रिक एसयूभी, लिपमोटर सि१० २०२६ मोडलका लागि विशेष अफर मूल्य सार्वजनिक गरेको छ । ७५ लाख ९९ हजारमै यो गाडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सीमित अवधिका लागि यो मूल्य तय गरिएको र त्यसपछि यसको मूल्य ७७ लाख ९९ हजार हुनेछ ।
सि १० को २०२६ मोडलमा अपडेटेड स्मार्ट कनेक्टिभिटी सुविधाहरू समावेश गरिएका छन् । जसमा गाडीको आधिकारिक लिपमोटर एपका साथै एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा छ ।
सि १० नेपालमा लिपमोटरको सबैभन्दा बढी बिक्री भएको र रुचाइएको गाडी हो । उच्च सुरक्षा र फराकिलो केबिन स्पेसका लागि ‘सेल–टु–चेसिस’ प्रविधिमा निर्मित यस एसयूभीमा १६० किलोवाटको इलेक्ट्रिक रीअर व्हील ड्राइभ मोटर छ । जसले एक पटकको फुलचार्जमा ५३० किमी रेन्ज (सिएलटिसी) र १९० एमएम ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ । सि १० को इन्टेरियरमा १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, २.१ वर्ग मिटरको प्यानोरमिक ग्लास रूफ, एलटु एडिएस सुरक्षा सुविधाहरू र आरामदायक प्रिमियम लेदरेट सिटहरू छन् ।
सांग्रिला मोटर्सले सम्पूर्ण अवलोकनकर्ता तथा ग्राहकबाट प्राप्त विश्वास र सहयोगका लागि हार्दिक आभार प्रकट गरेको छ । माजेराटि, अल्फा रोमियो र प्युजो जस्ता विश्वप्रसिद्ध १४ वटा ब्राण्डहरूको प्रख्यात अटोमोटिभ समूह ‘स्टेलान्टिस’को विश्वव्यापी सहकार्यमा सञ्चालित लिपमोटर चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल ब्राण्ड हो ।

लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ । जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए । विश्वका ५० भन्दा बढी देशहरूमा फैलिएको १ हजार ७ सय भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विस्तृत सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।






Comments are closed.