काठमाडौं । रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले १ करोड ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा योगदान गर्ने निर्णय गरेको हो ।
बाढीका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको उद्धार र पुनस्र्थापनाका लागि नेपाल सरकारसँग निरन्तर सहकार्य गर्दै बाढीपीडितको साथमा रहने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ । यो सहयोगले प्रभावित क्षेत्रमा जारी राहत, स्वास्थ्य उपचार र पुनर्स्थापनाका कार्यमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास अर्घाखाँची सिमेन्टले लिएको छ ।




Comments are closed.