पोखराको नयाँबजारमा रोयल इन्फिल्डको नयाँ शोरुम सञ्चालनमा, ‘गोर्खा एडिसन’ सार्वजनिक

पोखरा । रोयल इन्फिल्डले पोखराको नयाँबजारमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ । पोखरा क्षेत्रको आधिकारिक बिक्रेता क्लासिक ड्राइभको सोमबार एक कार्यक्रमबीच अल्फा अटोमोटिभ प्रा.लि.का निर्देशक मेघराज पौडेलले उद्घाटन गरे । अल्फा अटोमोटिभ प्रा.लि. रोयल इन्फिल्डका लागि नेपालको आधिकारिक बिक्रेता हो ।

नयाँ शोरुममार्फत पोखरा तथा आसपासका क्षेत्रका मोटरसाइकलप्रेमीहरूलाई रोयल इन्फिल्डको विशिष्ट मोटरसाइकलिङ अनुभव अझ नजिकबाट उपलब्ध गराउने उद्देश्य राखिएको छ।

नयाँ रोयल इन्फिल्ड शोरुमको नेतृत्व अटो व्यवसायी शिशीर सुबेदी र प्रमेश पराजुलीले गरेका छन् । उनीहरू पोखराको अटोमोबाइल व्यवसायमा ३ दशकभन्दा बढी समयदेखि सक्रिय रहनुका साथै पोखराको आतिथ्य तथा हस्पिटालिटी व्यवसायमा समेत स्थापित नामका रूपमा परिचित छन् । लामो व्यावसायिक अनुभव, स्थानीय बजारको गहिरो बुझाइ तथा प्रतिष्ठित व्यावसायिक पृष्ठभूमिले पोखरामा रोयल इन्फिल्डको ग्राहक अनुभवलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

१,३०० वर्गफिट क्षेत्रफलमा फैलिएको नयाँ शोरुमलाई ग्राहकलाई प्रिमियम र सहज अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ। शोरुममा रोयल इन्फिल्डका मोटरसाइकलहरू अवलोकन तथा अनुभव गर्न सकिने सुविधा उपलब्ध छ।

शोरुमसँगै ३,५०० वर्गफिट क्षेत्रफलमा सेवा केन्द्र (सर्भिस सेन्टर) पनि सञ्चालनमा ल्याइएको छ। सेवा केन्द्रमार्फत रोयल इन्फिल्डका ग्राहकलाई नियमित मर्मतसम्भार, प्राविधिक सेवा तथा बिक्रीपछिको सेवा अझ सहज र व्यवस्थित रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

शोरुम उद्घाटन समारोहको सुरुवात आठ जना बटुकद्वारा शान्ति स्वस्ति पाठबाट गरिएको थियो। त्यसपछि शोरुम परिसरमा पवित्र जल छर्केर धार्मिक विधिबाट शुभारम्भ गरियो ।शोरूम उद्घाटनकै अवसरमा रोयल इन्फिल्ड गोर्खा एडिसन मोटरसाइकलको अनावरण गरिएको छ। गोर्खा एडिसनले गोर्खा योद्धाको साहस, वीरता, गौरव र समर्पणको भावनालाई सम्मान गर्दछ।

यो बाइकले नयाँबजारस्थित नयाँ शोरुमले पोखरा तथा आसपासका क्षेत्रका ग्राहक र राइडरहरूलाई रोयल इन्फिल्डको विशिष्ट मोटरसाइकलिङ संस्कृतिसँग अझ नजिकबाट जोड्ने अपेक्षा गरिएको छ। ग्राहक अनुभव, गुणस्तरीय बिक्रीपछिको सेवा र “पियोर मोटरसाकलिङ” को भावनालाई केन्द्रमा राख्दै नयाँ शोरुमले पोखराको मोटरसाइकलिङ समुदायमा आफ्नो विशेष पहिचान बनाउने लक्ष्य राखेको छ।

सन् १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको रोयल इन्फिल्ड विश्वकै सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो। आफ्नो विशिष्ट डिजाइन, कालजयी पहिचान र “पियोर मोटरसाइकलिङ”को मौलिकताका कारण रोयल इन्फिल्डले विश्वभर राइडरहरूको बलियो समुदाय निर्माण गरेको छ। नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि. हो ।

You might also like

Comments are closed.