पोखरामा खुल्यो ‘बिजी बि रिसोर्ट’, यस्ता छन् विशेषताहरु

सुरेन्द्र पौडेल
पोखरा । पोखरामा बिजी बि क्याफे निकै लोकप्रिय नाम हो । खानपिन र रमाइलोका लागि बिजी बि क्याफेमा दैनिक भिड लाग्छ । बिगत २० वर्षदेखि पोखरामा बिजी बि क्याफे सञ्चालनमा छ ।

क्याफेको सफलतासँगै त्यसका सञ्चालकहरुले नयाँ प्रोजेक्ट सुरु गरेका छन् । पोखराको लेकसाइडमै उनीहरुले बिजी बि रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । युवा व्यवसायीहरु योगेश भट्टराई, ज्याक तामाङ, सुनिलबहादुर भट्टराई, सरोज भट्टराई र वसन्त महतको संयुक्त लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।

उक्त रिसोर्टको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, गण्डकी प्रदेश सांसद राजीव पहारी र नायिका स्वतिमा खड्काले बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरे ।

करिब ४ रोपनी जग्गामा निर्माण गरिएको रिसोर्टमा १० करोड रुपैयाँ लगानी भएको छ । ३४ वटा रुमसहित सञ्चालनमा आएको रिसोर्टमा स्वमिङ पुल, सेमिनार हल, स्पा, साउना, स्टिम, वार तथा रेस्टुरेन्टको समेत सुविधा छ ।

jutta mela

रिसोर्टका सबै कोठाहरु साउण्ड प्रुफ रहेको अध्यक्ष ज्याक तामाङले जानकारी दिए । ‘पर्यटकहरु पोखरामा रमाइलो तथा आराम गर्न आउँछन्,’ उनले भने, ‘बाहिरको होहल्ला कोठासम्म नपसोस भनेर हामीले सबै कोठालाई साउण्ड प्रुफ बनाएका हौं ।’ पोखरामा उदाहरण प्रस्तुत गर्नेगरी रिसोर्टका कोठालाई साउन्ड प्रुफ बनाइएको बताउँछन तामाङ । ‘साउण्ड प्रुफ गर्ने प्रविधि सस्तो समेत भएकाले यसलाई अन्य होटल तथा रिसोर्टले पनि अनुशरण गर्न आवश्यक छ,’ उनले भने ।

डिलक्स, सुपरडिलक्स, फेमिली र स्वीट रुम रिसोर्टमा उपलब्ध रहेको सञ्चालक योगेश भट्टराईले जानकारी दिए । ‘४ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मका रुमहरु रिसोर्टमा उपलब्ध छ,’ उनले भने । पुरानो वैदाम अथवा लेकसाइड झल्कने गरी रिसोर्टको संरचना निर्माण गरिएको उनले जानकारी दिए । ‘पुरानो मौलिकतालाई आधुनिकताको फ्युजन गरी रिसोर्ट निर्माण गरिएको छ,’ उनले भने ।

रिसोर्टमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पूर्ण पारिवारिक वातावरणमा स्तरीय सेवा प्रदान हुने अर्का सञ्चालक सुनिलबहादुर भट्टराईले बताए । पर्यटन वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा आएको उनको भनाइ छ ।

 

बिजी बि क्याफेका सञ्चालकहरुले खोले ‘बिजी बि रिसोर्ट’, प्रत्येक कोठा साउण्ड प्रुफ

You might also like

Comments are closed.