नेपालगन्जमा एथरको एक्सपेरियन्स सेन्टर सञ्चालनमा, ओपनिङ स्किम सार्वजनिक

नेपालगन्ज । विद्युतीय मोबिलिटीको राष्ट्रव्यापी सञ्जाललाई थप विस्तार गर्दै एथर नेपालले पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्जमा एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। नेपालगञ्जमा एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएसँगै एथरको एक्सपेरियन्स सेन्टरको संख्या १५ पुगेको छ ।

बसपार्क रोड, न्यु रोड २ मा अवस्थित यस नयाँ सेन्टरमार्फत नेपालगन्ज तथा आसपासका क्षेत्रका ग्राहकले एथरका नवीनतम विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव लिने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस विस्तारसँगै काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायतका देशका प्रमुख शहरमा एथरको सेवा सञ्जाल फैलिएको छ।

नयाँ सेन्टरमा ग्राहकले एथर ४५० र एथर रिज्टा मोडलका स्कुटरको प्रत्यक्ष अवलोकन, प्रोडक्ट डेमोस्ट्रेसन तथा टेस्ट राइड गर्न सक्नेछन्। डाइनामिक पर्फर्मेन्स र प्रविधि-केन्द्रित सहरी गतिशीलता खोज्नेका लागि एथर ४५० उपयुक्त छ भने पारिवारिक तथा दैनिक प्रयोगलाई प्राथमिकता दिनेका लागि आरामदायी एथर रिज्टा डिजाइन गरिएको छ। स्कुटरमा म्याजिक ट्विस्ट, इन्फिनाइट क्रुज र भ्वाइस इन्टरएक्सन्सजस्ता राइडर-केन्द्रित स्मार्ट प्रविधिहरू जडान गरिएका छन्, जसले राइडिङ अनुभवलाई अझ सहज, सुरक्षित र रमाइलो बनाउने कम्पनीको दावी छ ।

ब्याट्री आयु र बिक्रीपछिल्लो सेवाप्रति ग्राहकको विश्वास बलियो बनाउन कम्पनीले एथर एसुरेन्सलाई प्राथमिकता दिएको छ। यसअन्तर्गत आठ वर्षसम्मको ब्याट्री वारेन्टी उपलब्ध छ भने हाल देशैभर ५० भन्दा बढी द्रुत-चार्जिङ स्टेशन र १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा रहेका छन्।

नेपालगन्ज सेन्टरको उद्घाटनको अवसरमा कम्पनीले आगामी असोज ३ गतेसम्म लागू हुने विशेष ओपनिङ स्किम सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत नगद खरिदमा आठ वर्षको विस्तारित ब्याट्री वारेन्टी, किस्ताबन्दी खरिदमा शून्य प्रतिशत ब्याजदरको सुविधा तथा पुराना स्कुटर साटफेर गर्दा अतिरिक्त आठ हजार रुपैयाँको मूल्यांकन लाभ प्राप्त गर्न सकिनेछ। यस विशेष योजनाले यस क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास कम्पनीको छ ।

You might also like

Comments are closed.