काठमाडौं । चाडपर्वको अवसरमा, नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले चाडपर्व लक्षित विशेष उपभोक्ता योजना “TVS Golden Key” सार्वजनिक गरेको छ। यस वर्षको दशैंलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको TVS Golden Key योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले तीनमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नेछन् ।
यस योजनाअन्तर्गत कुनै पनि टीभीएस दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकले रु. १० लाखसम्म नगद छुट वा Gold Key वा खरिद मूल्यको १००% सम्म क्यासब्याक मध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नेछन् । हरेक खरिदमा निश्चित पुरस्कार प्राप्त हुने भएकाले TVS Golden Key योजनाले यस चाडपर्वमा नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने अनुभवलाई अझ आकर्षक र लाभदायी बनाउने लक्ष्य लिएको छ।
यस योजनाको आकर्षण यतिमै सीमित छैन। विशेष दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकहरूले ५ वर्षसम्मको निःशुल्क सर्भिस जित्ने अवसर समेत प्राप्त गर्नेछन् । यसमार्फत ग्राहकहरूले सवारीसाधन खरिदपछि पनि दीर्घकालीन सेवाको थप लाभ प्राप्त गर्न सक्नेछन् ।
यस चाडपर्वमा नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउन ग्राहकहरूले सहज फाइनान्स सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो सुविधा सम्बन्धित नियम तथा सर्तहरू लागू हुनेगरी उपलब्ध हुनेछ।
TVS Golden Key योजनाको शुभारम्भका अवसरमा जगदम्बा मोटर्स प्रा. लि. का उपाध्यक्ष दीपक रौनियारले भने, ‘दशैं उत्सव, नयाँ सुरुवात र पारिवारिक खुसीको पर्व हो। टीभीएसमा हामी सधैं आफ्ना ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन अतिरिक्त मूल्य र आकर्षक अवसरहरू प्रदान गर्न प्रतिबद्ध छौं। TVS Golden Key मार्फत प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ। साथै, दैनिक लक्की ड्रमार्फत दीर्घकालीन सर्भिस लाभ जित्ने अतिरिक्त अवसर पनि प्राप्त गर्नुहुनेछ। यस योजनाले नयाँ टीभीएस दुईपांग्रे सवारीसाधन खरिद गर्ने अनुभवलाई यस चाडपर्वमा अझ रोमाञ्चक र फलदायी बनाउनेछ भन्ने हाम्रो विश्वास छ।’
जगदम्बा मोटर्स प्रा. लि. का कार्यकारी निर्देशक अखिल गुप्ताका अनुशार ‘हाम्रा ग्राहकहरू सधैं हाम्रो सम्पूर्ण कार्यको केन्द्रमा रहँदै आउनुभएको छ। TVS Golden Key योजना उहाँहरूलाई थप मूल्य, उपयोगी लाभ र चाडपर्व मनाउने थप कारण प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब हो। यस अभियानमार्फत टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्नुहुने प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ भने दैनिक लक्की ड्रले थप उत्साह र जित्ने अवसर प्रदान गर्नेछ। सहज फाइनान्स सुविधासँगै यस योजनाले नेपालभरका ग्राहकहरूका लागि टीभीएस सवारीसाधनको स्वामित्वलाई अझ सहज, आकर्षक र लाभदायी बनाउनेछ भन्ने हाम्रो विश्वास छ।’
नेपालमा TVS मोटर कम्पनीको एकमात्र वितरक जगदम्बा मोटर्स प्रा. लि. देशकै सबैभन्दा विश्वसनीय अटोमोबाइल संस्थाहरू मध्ये एक हो। दशकौंदेखि यस कम्पनीले आफ्नो विस्तृत राष्ट्रव्यापी नेटवर्क, उद्योगकै अग्रणी ‘आफ्टर-सेल्स सपोर्ट’ र नवीन एवं उच्च गुणस्तरका सवारी साधनहरू उपलब्ध गराउने प्रतिबद्धता मार्फत नेपालभरि सहज यात्रा (Mobility) लाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। जगदम्बा मोटर्सले विश्वव्यापी रूपमा मान्यता प्राप्त उत्पादन र प्रविधिहरू नेपाली उपभोक्ताहरूका लागि भित्र्याउँदै रोजगारी, सीप विकास र नेपालको अटोमोबाइल क्षेत्रको वृद्धिमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।



Comments are closed.