आकर्षक नगद छुट र स्क्र्याच कार्डमार्फत विशेष पुरस्कारसहित ‘हुण्डाइ फेस्टिभ ड्राइभ’ सार्वजनिक

काठमाडौं । . नेपालमा हुण्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर “Hyundai Festive Drive २०८३” घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस अफरअन्तर्गत ग्राहकले रु. ३ लाखसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत रु. ५ लाखसम्मको नगद छुट जित्ने अवसर समेत पाउनेछन्। यसका साथै, हुण्डाइले गाडी खरिदमा १ वर्षको निःशुल्क Auto Plus Insurance र १ वर्षको निःशुल्क Road Tax पनि उपलब्ध गराएको छ।

हरेक हुण्डाइ गाडीमा ३ वर्षको warranty र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको छ, जसले ग्राहकलाई थप मूल्य, सुविधा र सहजतासहितको हुण्डाइ स्वामित्व अनुभव प्रदान गर्दछ। यस दशैं–तिहार तथा छठको अवसरमा, हुण्डाइ नेपालले  ग्राहकलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर “Hyundai Festive Drive 2083” का आकर्षक अफर तथा सुविधाको लाभ उठाउन आग्रह गरेको छ ।

You might also like

Comments are closed.