राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको छ । बैंकले भदौ २२ गते सोमबारदेखि कार्यालय समयका अतिरिक्त थप एक घण्टाको लागि सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको हो । सन्ध्याकालीन काउण्टरमा चेक भुक्तानी, नगद जम्मा लगायतका सिमित बैंकिङ सेवा उपलब्ध हुनेछन् ।

बैंकको सिंहदरबारप्लाजा स्थित कर्पोरेट शाखा मार्फत सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएसंगै अब उप्रान्त ग्राहकले बेलुका ५:०० बजे देखि ६:०० बजे सम्म सिमित बैंकिङ सेवा लिन सक्नेछन् । यो सुविधासंगै ग्राहकले नियमित कार्यालय समयमा सम्पन्न गर्न नसकेका अत्यावश्यकीय कारोबारलाई सम्पन्न गर्न सघाउ पुग्ने अपेक्षा बैंकले गरेको छ ।

वि।सं। २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु तथा ३३८ एटिएम् टर्मिनल मार्फत ४८ लाख भन्दा बढी ग्राहकलाई निक्षेप, कर्जा सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।

 

You might also like

Comments are closed.