पोखरा । प्रतिष्ठित अटोमोबाइल ब्रान्ड TVS को लागी पोखरा क्षेत्रको आकारिक बिक्रेता स्क्वायर मोटर्स प्रालिले ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै कम्पनीले ‘अचम्मैको डिल र दशैं अफर’ ल्याएको हो।
पोखराको सृजनाचोकमा सञ्चालन हुने यस विशेष अफर योजना असोज १ देखि ७ गतेसम्म लागू हुनेछ। पर्वको समयमा उपभोक्तालाई राहत र थप लाभ प्रदान गर्ने उद्देश्यले विभिन्न आकर्षक छुट तथा उपहार योजना समेटिएको कम्पनीले जनाएको छ।
यस योजनाअन्तर्गत ग्राहकले खरिदमा रु.१० लाखसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, निश्चित उपहारतर्फ गोल्डेन की (Gold Key) अथवा १०० प्रतिशत क्यास ब्याकको व्यवस्था गरिएको छ भने जुनसुकै ब्रान्डका पुराना बाइक तथा स्कुटर साट्न चाहने ग्राहकका लागि बजारमै उच्चतम मूल्यांकनको सुविधा उपलब्ध गराइएको छ। यसका साथै, सहज फाइनान्स, फ्रि एसेसरिज र लक्की ड्रमार्फत ५ वर्षसम्म फ्रि सर्भिसिङजस्ता थप सुविधा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।
सीमित अवधिका लागि मात्र सञ्चालन हुने यस अफरले पोखराको अटोमोबाइल बजारमा खरिदकर्ताको आकर्षण बढाउने विश्वास गरिएको छ। यो दसैंमा नयाँ राइड र ठूलो बचतसहित यात्रा गर्न चाहने ग्राहकका लागि यो योजना उत्कृष्ट अवसर बन्ने स्क्वायर मोटर्सले जनाएको छ।




Comments are closed.