गरिमा विकास बैंकका सीईओ उपाध्यायलाई ‘बैंकिङ सीईओ अफ दि इयर २०२६’ सम्मान

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्याय ‘Banking CEO of the Year 2026’ बाट सम्मानित भएका छन् ।

सिजन मिडियाद्वारा आयोजित Asian Professional Achievement Award Nepal 2026 अन्तर्गत उपाध्यायलाई उक्त सम्मान प्रदान गरिएको हो ।

उपाध्यायलाई प्रदान गरिएको सम्मानपत्रमा उनको बैंकिङ नेतृत्वको यात्रालाई निरन्तर सिकाइ, संस्थागत प्रतिबद्धता र प्रगतिशील जिम्मेवारीसँग जोड्दै गरिमा विकास बैंकको वृद्धि तथा रूपान्तरणमा योगदान पुर्‍याएको उल्लेख गरिएको छ।

उनलाई नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्मानपत्र प्रदान गरेका हुन् ।

 

You might also like

Comments are closed.