पोखरा । रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। पोखराका लागि रोयल इन्फिल्ड को आधिकारिक बिक्रेता Classic Drive Pvt. Ltd. एक समारोहका बीच उपरोक्त हन्टर ३५० को नयाँ भेरियन्टहरु सार्वजनिक गरेको छ। कम्पनीले नयाँ Tarmac Black भेरियन्टसँगै टप भेरियन्टमा Mumbai Yellow र Moonshot White गरी दुई नयाँ रंग थपेको हो।
नयाँ भेरियन्टमा Alloy wheels, Digi-analog instrument cluster, नयाँ राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएस लगायतका सुविधा छन्। हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ र ‘प्योर मोटरसाइक्लिङ’ को मूल विशेषतालाई भने यसमा पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ। नेपालमा अघिल्लो वर्ष मात्र सार्वजनिक भएको हन्टर ३५० आफ्नो कम्प्याक्ट डिजाइन, neo-retro लुक र सहज राइडिङ अनुभवका कारण नयाँ पुस्ताका राइडर माझ लोकप्रिय हुँदै आएको छ।
Tarmac Black मा नयाँ भेरियन्ट
नयाँ भेरियन्टलाई दैनिक प्रयोगमा सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ। यसमा हन्टरको मौलिक रोडस्टर डिजाइनलाई कायम राख्दै Alloy wheels, राउन्ड ह्यालोजन हेडल्याम्प, Digi-analog instrument cluster, रोटरी स्विचगियर, Stitched seat र स्पोर्टी ग्राब रेल समावेश गरिएको छ। त्यस्तै, सिंगल च्यानल एबीएस र slip & assist clutch पनि यसका प्रमुख विशेषता हुन्। यसले गियर परिवर्तनलाई सहज बनाउने कम्पनीको भनाइ छ।
Mumbai Yellow र Moonshot White थपियो
हन्टर ३५० को टप भेरियन्टमा थपिएका दुई नयाँ रंगले ग्राहकलाई आफ्नो रुचि र शैलीअनुसार मोटरसाइकल छनोट गर्ने थप अवसर दिनेछन्। Mumbai Yellow मुम्बईको कला, चलचित्र र जीवन्त शहरी वातावरणबाट प्रेरित रंग हो। चम्किलो पहेँलो फिनिसले मोटरसाइकललाई थप आकर्षक र युवा लुक दिएको छ। त्यस्तै, Moonshot White मा ‘ओरायन’ अर्थात् शिकारी नक्षत्रबाट प्रेरित ग्राफिक्स र आकाशीय तत्व प्रयोग गरिएको छ। यसले हन्टर ३५० लाई फरक र व्यक्तिगत पहिचान दिने कम्पनीले जनाएको छ।
Classic Drive Pvt. Ltd. का निर्देशक अनिता रानाभाट ले हन्टर ३५० नेपालमा नयाँ पुस्ताका राइडरको रोजाइ बन्दै गएको बताइन् । उनका अनुसार यसको डिजाइन, चुस्त ह्यान्डलिङ र दैनिक प्रयोगमा सहजताले हन्टर ३५० को पोखरामा पनि लोकप्रियता बढाएको छ। नयाँ भेरियन्ट र रंगले थप राइडरलाई हन्टर ३५० रोज्ने अवसर दिने उनले बताइन्।
त्यसैगरी, Classic Drive Pvt. Ltd. का अर्का निर्देशक सरस्वती गोतामे सुबेदीले पनि हन्टर ३५० ले पोखरेली राइडरमाझ राम्रो सम्बन्ध बनाएको बताइन्। नयाँ भेरियन्ट र रंगले ग्राहकका लागि थप विकल्प सिर्जना गर्ने र यसले हन्टर ३५० को बजारलाई थप विस्तार गर्ने उनको विश्वास छ।

रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ Tarmac Black भेरियन्टको मूल्य ४ लाख ८७ हजार रुपैयाँ (एक्स–शोरुम, नेपाल) तोकिएको छ। त्यस्तै, Mumbai Yellow र Moonshot White रंगमा उपलब्ध टप भेरियन्टको मूल्य ५ लाख ११ हजार रुपैयाँ (एक्स–शोरुम, नेपाल) रहेको छ।नयाँ भेरियन्ट तथा नयाँ रंगका हन्टर ३५० को बुकिङ तथा बिक्री १६ सेप्टेम्बर २०२६ देखि नेपालभर रहेका अधिकृत रोयल इन्फिल्ड डिलरमार्फत सुरु हुनेछ।
सन् १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको रोयल इन्फिल्ड विश्वकै पुरानो मोटरसाइकल ब्रान्डमध्ये एक हो। बेलायतबाट सुरु भएको यसको उत्पादन सन् १९५५ देखि भारतको मद्रासमा हुँदै आएको छ। सहज राइडिङ, आकर्षक डिजाइन र व्यक्तिगत शैलीलाई प्राथमिकता दिने रोयल इन्फिल्डले आफ्नो अवधारणालाई ‘प्योर मोटरसाइक्लिङ’ नाम दिएको छ।
रोयल इन्फिल्डका उत्पादनमा बियर ६५०, क्लासिक ६५०, बुलेट ६५०, गुरिल्ला ४५०, हन्टर ३५०, हिमालयन ४५०, क्लासिक ३५०, बुलेट ३५० लगायतका मोडल छन्। कम्पनीले हालै आफ्नो पहिलो विद्युतीय मोटरसाइकल FF.C6 पनि सार्वजनिक गरेको छ।
Eicher Motors Limited अन्तर्गत रहेको रोयल इन्फिल्डका भारतका प्रमुख शहर तथा बजारमा २,१०० भन्दा बढी र विश्वका ८० भन्दा बढी देशमा करिब १,२०० बिक्री केन्द्र छन्। कम्पनीका नेपालसहित बंगलादेश, ब्राजिल, थाइल्यान्ड, अर्जेन्टिना र कोलम्बियामा CKD एसेम्बली प्लान्ट सञ्चालनमा छन्।




Comments are closed.