सिटिजन्स बैंकद्वारा ४ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औं वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको ५२१औं बैठकले शेयरधनीलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०८२/८३ को वितरण योग्य मुनाफाबाट २०८३ आषाढ मसान्तको चुक्तापूँजी रु. १५,५०,७४,६३,६१४/– को ३.८० प्रतिशतले हुने रु ५८,९२,८३,६१७.३४ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२० प्रतिशतले हुने रु ३,१०,१४,९२७.२३ सहित जम्मा रु ६२,०२,९८,५४४.५७ लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ । २०६४ साल बैशाख ७ गतेबाट कारोवार सञ्चालन गरि विगत २० वर्ष देखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै शेयरधनीलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे छ । बैंकको २० वर्षको औषत लाभांश दर १०.०८ प्रतिशत रहेका छ भने, प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औषत लाभांश दर ९.२४ प्रतिशत रहेको छ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.