बूढीगण्डकी बाढीपीडितका लागि ग्रीन डेभलपमेन्ट बैंकको राहत सहयोग

पोखरा । गोरखाको बूढीगण्डकी क्षेत्रमा असोज २५ गते आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत सामग्री सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकले विपद् व्यवस्थापन समितिमार्फत बाढीपहिरोबाट प्रभावित परिवारका लागि लत्ताकपडा, खाद्यान्न, ग्यास चुल्हो तथा बत्ती हस्तान्तरण गरेको हो ।

विपद्का कारण प्रभावित परिवारले दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेको अवस्थामा उनीहरूको आधारभूत आवश्यकता परिपूर्ति गर्न तथा कठिन परिस्थितिमा केही राहत पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाइएको छ ।

बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले गोरखाको आरुघाटस्थित विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

You might also like

Comments are closed.

Secret Link