पोखरा | BAIC र ARCFOX ले पोखराको अमर सिंह चोकमा आफ्नो नयाँ सोरुम औपचारिक रूपमा उद्घाटन गरेका छन्, जुन नेपालको अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा अर्को महत्वपूर्ण उपलब्धि हो।
यो सोरुम नेपालमा BAIC र ARCFOX सवारी साधनका आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हब को नेतृत्वमा सञ्चालित छ, जसले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त अटोमोबाइल ब्रान्ड तथा उन्नत यातायात समाधानहरू पोखरा र फराकिलो गण्डकी प्रदेशका ग्राहकको नजिक पुर्याएको छ।
BAIC (बेइजिङ अटोमोटिभ इन्डस्ट्री होल्डिङ कं.) यात्रु सवारी साधन तथा अटोमोटिभ प्रविधिको विविध श्रृंखला भएको विश्वव्यापी रूपमा मान्यता प्राप्त अटोमोबाइल उत्पादक हो। BAIC को प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड ARCFOX ले बौद्धिक, प्रविधिमैत्री र दिगो यातायातप्रति कम्पनीको दृष्टिकोण प्रतिनिधित्व गर्दछ।
रु. १ करोड २५ लाख ९६ हजार मूल्यको BAIC BJ30e नेपालको भौगोलिक अवस्था र लामो दूरीको यात्रालाई लक्षित गरी तयार गरिएको हाइब्रिड एसयूभी हो। कठिन तथा अप्ठ्यारो सडकमा समेत सहज यात्रा गर्न सक्ने क्षमता यसको प्रमुख विशेषता हो। यसमा ६८५ Nm टर्क उत्पादन गर्ने पावरट्रेन रहेको छ, जसको आउटपुट ३,००० सीसी इन्जिन बराबर रहेको कम्पनीको दाबी छ। ४WD ड्राइभट्रेनयुक्त यस एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.९ सेकेन्डमा हासिल गर्न सक्छ। यसले प्रतिलिटर २० किलोमिटर माइलेज दिने र ५१ लिटर इन्धनमा ९०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

कठिन भूभागमा सहज ड्राइभिङका लागि यसमा स्नो, स्यान्ड, मड र वेडिङ गरी चारवटा ड्राइभिङ मोड उपलब्ध छन्। यी मोडले हिउँ, बालुवा, हिलो तथा पानी भएका सडकमा गाडी चलाउन सहयोग गर्छन्। कम्पनीका अनुसार यसले ४५० देखि ६०० मिलिमिटरसम्म गहिरो पानी र २० सेन्टिमिटरसम्मको हिलो पार गर्न सक्छ। यसका साथै BJ30e लाई ५ हजार ५० मिटर उचाइ, माइनस ३५ डिग्री सेल्सियससम्मको चिसो र ५० डिग्री सेल्सियससम्मको गर्मीमा परीक्षण गरिएको छ।
रु. ३७ लाख ९६ हजार मूल्यको ARCFOX T1 (LV3) बीएआईसीको प्रिमियम विद्युतीय सवारी ब्रान्ड ARCFOX अन्तर्गतको पूर्ण विद्युतीय कार हो। यसले एकपटकको चार्जमा ३१० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा ७० kW क्षमताको इलेक्ट्रिक मोटर र ४२.३ kWh क्षमताको ब्याट्री जडान गरिएको छ। कारमा CALB कम्पनीको लिथियम आइरन फस्फेट (LFP) ब्याट्री प्रयोग गरिएको छ, जुन सुरक्षा, दीर्घायु र ऊर्जा घनत्वका लागि परिचित छ। कम्पनीका अनुसार ३ हजार ५०० पटक चार्ज गरिसक्दा पनि ब्याट्रीको स्वास्थ्य क्षमता ८५ प्रतिशत कायम रहन्छ। चालकको आवश्यकता र ड्राइभिङ अवस्थाअनुसार फरक अनुभव प्रदान गर्न यसमा इको, स्पोर्ट्स, कम्फर्ट र पर्सनलाइज्ड गरी चारवटा ड्राइभिङ मोड उपलब्ध छन्।
नयाँ उद्घाटित सोरुमले ग्राहकलाई BAIC र ARCFOX का सवारी साधनको श्रृंखला नियाल्ने, तिनका विशिष्ट डिजाइन, उन्नत प्रविधि र आधुनिक इन्जिनियरिङ अनुभव गर्ने, तथा व्यावसायिक उत्पादन परामर्श र ग्राहक सहयोग पाउने अवसर प्रदान गर्नेछ।
कार्यक्रमलाई सम्बोधन गर्दै लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ ले भने, “पोखरामा BAIC र ARCFOX सोरुमको उद्घाटनले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ब्रान्ड र नवीन यातायात समाधानमा सम्पूर्ण नेपालमा पहुँच विस्तार गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ। लक्ष्मी मोटर हबमार्फत हामी ग्राहकहरूलाई उन्नत अटोमोबाइल अनुभव दिन र गण्डकी प्रदेशमा हाम्रो उपस्थिति सुदृढ गर्न चाहन्छौं।”

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ ले थपे, “नेपाली ग्राहकको रुचि इलेक्ट्रिक र उन्नत प्रविधियुक्त सवारी साधनतर्फ तीव्र रूपमा बढिरहेको छ। पोखराका ग्राहकहरूले BAIC र ARCFOX को गुणस्तर, प्रविधि र विश्वसनीय बिक्रीपछिको सेवा एकै स्थानमा पाउन सकून् भन्ने हाम्रो उद्देश्य हो।”
नेपालको अटोमोबाइल क्षेत्र परिवर्तन हुँदै गएको र इलेक्ट्रिक तथा उन्नत प्रविधियुक्त सवारी साधनप्रति चासो बढ्दै गइरहेको सन्दर्भमा, नयाँ सोरुमले अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड र प्रिमियम यातायात विकल्पहरूमा ग्राहकको पहुँच अझ सहज बनाउने अपेक्षा गरिएको छ।
BAIC र ARCFOX सोरुम पोखराको अमर सिंह चोक मा अवस्थित छ र अहिले ग्राहक तथा अटोमोबाइलप्रेमीहरूका लागि खुला छ।






Comments are closed.