यामाहाको चाडपर्वलक्षित अभियान अन्तर्गत सरस्वती खनालले जितिन् १० लाख ३ हजार रुपैयाँ

काठमाडौं । बुटवलकी सरस्वती खनाल रायमाझीकाले यामाहाको चाडपर्वलक्षित अभियान अन्तर्गत १० लाख ३ हजार रुपैयाँको नगद पुरस्कार जितेकी छन् । यामाहा नेपालको जारी चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत उनले ग्रान्ड प्राइज जितेकी हुन्।

रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे-जेड-आर १२५ एफ-आई स्ट्रीट र्याली हाइब्रिड खरिद गरेकि थिइन्। सोही खरिदमार्फत उनी १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक जित्न सफल भएकी हुन्।

ग्रान्ड प्राइज जितेपछि सरस्वती खनाल रायमाझीले भनिन्, “यामाहा रे-जेड-आर खरिद गर्नु आफैँमा निकै उत्साहजनक अनुभव थियो। तर, १० लाख ३ हजार रुपैयाँ जित्दा यो अनुभव झनै विशेष बनेको छ। यो सुन्दर सरप्राइजका लागि म यामाहाप्रति हृदयदेखि नै आभारी छु र निकै खुसी छु।”

यामाहाको चाडपर्व लक्षित अफर ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान जारी छ । यस अन्तर्गत ग्राहकहरूले अझै पनि यामाहा खरिदमार्फत सहभागी भई आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।

You might also like

Comments are closed.

Secret Link