चितवन अटोमोबाइल्स एसोसिएसनको २५औँ वार्षिक साधारणसभा मंसिर २६ गते हुने

चितवन । चितवन अटोमोबाइल्स एसोसिएसनको २५औँ वार्षिक साधारणसभा आगामी मंसिर २६ गते हुने भएको छ। साधारणसभा बिहान ८ः३० बजे क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा हुने एसोसिएसनका अध्यक्ष मोहन केसीले जानकारी दिए ।

साधारणसभामा छलफल तथा निर्णयका लागि पेस गर्नुपर्ने एजेन्डा भए मंसिर १५ गतेभित्र एसोसिएसनको कार्यालयमा लिखित रूपमा बुझाउन सदस्यलाई एसोसिएसनले अनुरोध गरेको छ ।

साधारणसभाका अवसरमा यस वर्ष एसोसिएसनका सदस्यका छोराछोरीमध्ये एसईई परीक्षामा ए ग्रेडभन्दा माथिको नतिजा हासिल गरी उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरिने कार्यक्रम छ। सम्मानका लागि सम्बन्धित विद्यार्थीको उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि मंसिर १५ गतेभित्र कार्यालयमा पेस गर्नुपर्नेछ।

त्यस्तै, उत्कृष्ट करदाता सम्मानअन्तर्गत सोरुम क्षेत्रबाट एक जना र कम्पोनेन्ट ९स्पेयर पार्ट्स० क्षेत्रबाट एक जनालाई सम्मान गरिने एसोसिएसनले जनाएको छ। उक्त सम्मानका लागि आर्थिक वर्ष २०८२/८३ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पनि मंसिर १५ गतेभित्र कार्यालयमा बुझाउनुपर्ने छ।

साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को सचिवको वार्षिक कार्यप्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/८४ को भावी कार्ययोजना प्रस्तुत गरी छलफल र पारित गरिने तथा आर्थिक वर्ष २०८२/८३ को कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/८४ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गरिने एसोसिएसनका सचिव पुर्णभद्र सापकोटाले जानकारी दिए ।

यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, २५औँ साधारणसभाबाट पारित प्रस्ताव तथा निर्णयमा हस्ताक्षर गर्न सदस्यका तर्फबाट प्रतिनिधि चयनलगायतका एजेन्डा रहेका छन्।

साधारणसभामा उपस्थित भई संस्थाको आगामी कार्यदिशा तथा गतिविधिबारे छलफल गर्न सम्पूर्ण सदस्यलाई एसोसिएसनले आग्रह गरेको छ।

You might also like

Comments are closed.

Secret Link