बढ्यो सुनचाँदीको मूल्य, कारोबार मूल्य कति ? 

काठमाडौं । स्थानीय बजारमा आज ( मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी  ३५ रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य  प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी ३ हजार १४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ  र त्यति नै परिमाणको चाँदी ३ हजार ११० मा कारोबार भएको थियो ।
You might also like

Comments are closed.

Secret Link