पोखरा । नेपाल विद्यार्थी संघका नेता भानु ढकालले समसामयिक विषयमा सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले विशेषगरि अस्पतालहरूको सेवाप्रति आपत्ति प्रकट गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै निजी अस्पताललाई स्वास्थ्य माफियाको संज्ञा दिएका छन् ।
उनले स्टाटस लेख्दै अपिलमा भनेका छन्, ‘कपाल फुलेका मानिसलाई समेत हप्तौं भर्ना लिएर राख्ने, मरिसकेको लासलाई समेत दशौं दिन भेन्टिलेटरमा राखेर द्रव्यदोहन गर्ने अनि यो बिषम परिस्थितिमा रूघाखोकी र ज्वरोका बिरामी आउँदा ढोका लगाउने निजी हस्पिटल तिमीलाई स्वास्थ्यसेवी भनु कि माफिया ?’
‘कोरोना संक्रमित बिरामीको उपचार गर्ने जिम्मा मात्र सरकारी हस्पिटलको हो भने डा. गोविन्द केसी कसरी पागल हुन् सक्छन् ?’, नेता ढकालले प्रश्न गरेका छन् । डा. केसीलाई पागलको दर्जा दिनेहरू आज क्वारेन्टाइन बनाउन निजी स्कूल, रंगशाला र तारे होटलहरूसंग हार गुहार गरेको उनले आरोप लगाएका छन् ।
‘नागरिक र राज्यप्रतिको दायित्व बोध नभएका निजी हस्पिटलहरू महामारी आउँदा मात्र होइन । सदा बन्द गर तिम्रा ब्यापारका ढोकाहरू ।’
गण्डकी हस्पिटल एवं अहिलेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति नै गर्व र विश्वास छ रहेको भन्दै नेता ढकालले निजी हस्पिटल र दुर्गा प्रसाईकोमा मार्सी भात खानु गल्ती भयो भनि प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासंग सार्वजनिक माफी माग्नु पर्ने माग गरेका छन् । नेता ढकालले गैरजिम्मेवार निजी हस्पिटलका आलीशान महलहरू कुनै पनि समयमा नेपाली विद्यार्थीहरूले खरानी बनाए भने आश्चर्य नमान्न्न समेत चेतावनी दिएका छन् ।
Comments are closed.