पोखरा । समाजसेवी व्यक्तित्व अशोक पालिखेको नेतृत्वमा कास्कीका १ सय २० विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
लोटस फाउण्डेसन जर्मनीका मिस्टर रैनर कुवेराको सहयोगमा तथा पालिखे अध्यक्ष रहेको शैक्षिक संस्था कुमुदिनी होम्स विद्यालय पोखराको व्यवस्थानमा शुक्रबार माछापुच्छ्रे गाउँपालिकामा राहत वितरण भयो । खादर्जुन गाउँमा रहेको वाराही आधारभूत विद्यालयमा अध्ययनरत ७ जना विपन्न विद्यार्थीका परिवारलाई खाद्यान्न राहत वितरण गरिएको हो ।
पुरञ्चौरस्थित हिमालयन प्राविमा अध्ययनरत १९ जना बालबालिकाका अभिभावकहरुलाई सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुको माध्यमबाट राहत सामग्री हस्तान्तरण गरिएको छ । माछापुच्छ्रे र पुरञ्चौरमा गरी ६७ हजार ७ सय ४ रुपैयाँ बराबरको सामान सहयोग गरिएको पालिखेले जानकारी दिए ।
यसैबीच, कुमुदिनी होम्स मावि र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले पोखरा २६ र २७ का विभिन्न ठाउँ, माटेमसिना, रामघाट नयाँबजार, सराङकोट, पिएन क्याम्पसका ३ जना विद्यार्थी र काहुँमा विभिन्न परिवारसहित गरी ९४ वटा विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
कलेजको अध्यक्ष पनि पालिखे नै हुन् । यस अगाडि उनले पोखराको नयाँबजारमा रहेका केही विपन्न परिवारलाई समेत राहत वितरण गरेका थिए । चामल, दाल, नुन, तेल र साबुन वितरण गरिएको पालिखेले जानकारी दिए ।




Comments are closed.