पोखरा
नेपाल औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले लकडाउनको समयमा मात्र नभई अन्य बिषम परिस्थितीमा पनि औषधीको सहज उपलब्धता र सेवा मा व्यवसायी लागिरहेको बताए ।
गण्डकी प्रदेशका औषधी व्यवसायी संघका प्रतिनिधी विच सम्पन्न अनलाईन बैठकमा उनले सो कुरा बताएका हुन् ।लकडाउनका कारण नियमित बैठक गर्न समस्या भएकाले सवै प्रदेशमा अनलाईन बैठक संचालन गर्ने श्रेष्ठले बताए ।
भिडियो बैठकमा गण्डकी प्रदेशमा रहेका केन्द्रिय सदस्य, प्रदेश अध्यक्ष, महासचिव सहित जिल्ला अध्यक्षहरको सहभागीता थियो । बैठकमा अञ्चल अध्यक्ष राम बहादुर के.सी लगायत जिल्ला अध्यक्ष तथा महासचिवले आ आफ्नो धारणा राखेका थिए ।
व्यवसायीलाई बिमाको व्यवस्थापन गरिनुपर्ने र व्यवसायिक जोखिमको सरकारद्वारा मुल्याङकन गरिनुपर्नेमा जोड दिईएको छ । कोरोना जोखिमको समयमा पनि औषधी व्यवसायीले पु¥याएको योगदानको कदर हुनुपर्ने केन्द्रिय सचिव यमनाथ पौडेलले बताए । केन्द्रिय सदस्य टंक अधिकारीले व्यवसायीका समस्या सम्वोधन गर्नुपर्ने मा जोड दिए ।
बैठकको संयोजन गण्डकी प्रदेशका महासचिव कृष्ण पाण्डेले गरेका थिए ।





Comments are closed.