पोखरा । पोखराको बास्तोलाथर निवासी युवा व्यवसायी विष्णुबहादुर थापा र सरिता थापाले ५० घरपरिवारलाई राहत वितरण गरेका छन् । पोखरा महानगरपालिका वडा नं. ९ का ५० घर परिवारलाई वडासँग समन्वय गरी थापा दम्पतीले राहत वितरण गरेका हुन् ।
चामल, दाल, तेल लगायतका खाद्यान्न वितरण गरिएको थापाले जानकारी दिए । लकडाउनका कारण खाद्यान्न अभाव झेलिरहेका विपन्न वर्गका नागरिकलाई थापाले राहत वितरण गरेका हुन् ।


Comments are closed.