सयपत्री सहकारीका कर्मचारीको कोरोना बिमा

पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गराएको छ । कोरोना जोखिम बढिरहेको सन्दर्भमा कर्मचारीको सुरक्षामा ध्यानमा राख्दै बिमा गरिएको प्रवन्धक विकास सुवेदीले जानकारी दिए ।

शिखर इन्स्योरेन्स पोखरा शाखामार्फत सहकारीले कर्मचारीको बिमा गराएको हो । कर्मचारीमा कोरोना पोजेटिभ देखिएमा बिमा कम्पनीले १ लाख रुपैयाँ तत्काल भुक्तानी दिने गरी बिमा गरिएको सुवेदीले जानकारी दिए ।

कोरोना बिमा न्युनतम ५० हजार रुपैयाँ र अधिकतम १ लाख रुपैयाँको गर्न सकिन्छ । बिमा शुल्क प्रतिव्यक्ति ३ सय रुपैयाँ र ६ सय रुपैयाँ लाग्छ । ३ महिनादेखि ९९ वर्षसम्मका व्यक्तिले बिमा गराउन सक्छन् ।

You might also like

Comments are closed.