सफल मिडिया हाउसका सवै कर्मचारीको कोरोना बीमा

पोखरा ।

सफल मिडिया हाउस प्रा.लि. र सफल विज लिंक पोखराले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । नेपालमा कोरोना जोखिम बढिरहेको अवस्थामा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा ध्यान राख्दै यो बीमा गरिएको हो । कोरोना भाईरस (कोभिड–१९) बाट हुनसक्ने संभावित जोखिमलाई मध्यनजर गर्दै प्रति कर्मचारी रु. १ लाख वरावरको कोरोना बीमा गरिएको सफल मिडिया हाउसका अध्यक्ष तथा कार्यकारी निर्देशक दुर्गा प्रसाद हुमागाईले बताए ।

सफल मिडिया हाउस प्रा.लि. र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरा शाखा बिच आज शुक्रवार भएको कोराना बीमा सम्झौता अनुसार मिडिया हाउसमा कार्यरत कुनै पनि कर्मचारीहरुको कोरोना भाईरस परीक्षण गर्दा पिसिआर टेष्ट पोजेटिभ देखिएमा बीमा कम्पनीले सम्झौता बमोजिमको रकम तत्काल उपलब्ध गराउने र यो बीमाको अवधी एक वर्षको हुने कार्यकारी निर्देशक दुर्गा प्रसाद हुमागाईले बताए ।

jutta mela

२०६१ सालदेखि पोखरामा प्रधान कार्यालय स्थापना गरि राष्ट्रिय तथा स्थानिय प्रकाशन÷प्रशारण संस्थामा विज्ञापन प्रकाशन÷प्रशारणका साथै मिडिया सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको यस सफल मिडिया हाउस प्रा.लि. र सफल विज लिंकले हाल बालुवाटार काठमाण्डौंमा समेत कार्यालय स्थापना गरि सेवा प्रदान गरिहेको सफल मिडिया हाउसका प्रबन्ध निर्देशक सरिता दाहालले बताइन् ।

You might also like

Comments are closed.