गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा १ जना मात्र कोरोना संक्रमित थप

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा एक जनामात्रै कोरोना संक्रमित थपिएका छन् ।

नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४० वर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई नवलपरासीको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको छ । हिजो प्रदेशमा २४ जना संक्रमित थपिएका थिए ।

 

You might also like

Comments are closed.