नेलम्बो नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

 

पोखरा ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य सामग्री निःशुल्क वितरण गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सघाउने उद्धेश्यले सो स्वास्थ्य सामग्री वितरण गरेको नेलम्बो नेपालले जनाएको छ ।

jutta mela

विगत ३ वर्षदेखि अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकालाई केन्द्रीत गरेर स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै अन्नपूर्ण गाउँपालिकाको वडा नं. ८ को स्वास्थ्य चौकी र ९ नम्बर वडाको स्वास्थ्य ईकाईलाई पि.पि.ई सेट, थर्मल गन, स्यानिटाईजर,एन नाइन्टिन मास्क, ग्लब्स, हात धुने साबुनलगायत गरि १ लाख २५ हजार बराबरका दरले स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हो ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटासहित संस्थाका कार्यक्रम संयोजक डा. किसन कोइराला र जनसम्पर्क सुपरिवेक्षक भीम प्रसाद भण्डारीको टिमले स्वास्थ्य चिकिस्सा सामग्री हस्तान्तरण गरेको थियो ।

नेलम्बो नेपालले गरेको सहयोगप्रति वडा नं ८ का वडासदस्य टेक बहादुर गुरुङ्गले धन्यवादसहित आभार व्यक्त गरे । उनले आगामी दिनमा नेलम्बो नेपालसँँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष एकदेव देवकोटाले कोरोना रोगको रोकथाम तथा नियन्त्रणको लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमापनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

You might also like

Comments are closed.