पोखरा ।
चिप्लेढुङ्गा सिद्धार्थचोक व्यवसायी समिति पोखराले घर बहालमा बिशेष छुट दिन घरधनीहरुसँग आग्रह गरेको छ । बिषम परिस्थितिमा घरभाडामा छुट दिएर व्यवसायीको मनोबल उच्च राख्न र हौसला प्रदान गर्न व्यवसायीले अपिल मार्फत आग्रह गरेका छन् ।
महामारीका कारण सृजना भएको समस्या र लक डाउनका कारण व्यवसायमा प्रत्यक्ष असर परेकाले घरभाडामा छुट दिन आग्रह गरिएको समितिका अध्यक्ष डि.बि भुजेलले जानकारी दिए । घरधनी र व्यवसायीको बिचमा एकता कायम गर्न पनि यसले सहयोग पुग्ने समितिका सचिव मोती भुजेलले बताए । समितिको असार ८ गतेको पूर्ण भेलाले यो अपिलको निर्णय गरेको कोषाध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए
Comments are closed.