एनएमबि लघुवित्तको सातौं वार्षिक साधारणसभा

पोखरा ।

एनएमवि लघुवित्त वित्तीय संस्थाको सातौ वार्षिक साधारण सभा आज सोमवार संस्थाको केन्द्रिय कार्यालय,हेम्जा कास्कीमा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सजिंव सुब्बाद्वारा प्रस्तुत आ.व. २०७५÷०७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले बताए ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ आषाढ मसान्तको वासलात, आ.व. २०७५÷०७६ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गरेको बताइएको छ । संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ०.६३२ प्रतिशतका दरले हुन आउने रु. २५,५७,९९३÷४२ नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको बताइएको छ ।

jutta mela

साधारणसभाबाट सर्वसाधारण समुह तर्फवाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु जितेन्द्र बाहेति र सविता सापकोटा निर्वाचित भएका छन् । सञ्चालक समितिका अध्यक्ष सजिंव सुब्बाले संस्थामा प्रबिधिको उच्चतम प्रगोग गर्दै आउँदा दिनमा थप कार्यगत चुस्तता ल्याउने र गा्रहक सदस्यहरुको कारोवार थप सुरक्षीत बनाउदै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

You might also like

Comments are closed.