पोखरा ।
“उद्यमशिलता सँगै आत्मनिर्भरता” भन्ने नाराका साथ स्थापना भएको स्पर्स लघुवित्तले बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । कास्कीको बिजयपुरमा मुख्य कार्यालय रहनेगरी २०७४ असार २९ गते लघुवित्तको स्थापना भएको हो ।
स्थापना दिवसको अवसरमा २० वटै केन्द्रमार्फत आफ्ना सदस्यलाई सावुन, सेनिटाईजर लगायतका सुरक्षात्मक सामग्री संस्थाले प्रदान गरेको साथै कोरोना महामारी बाट बच्न पनि आव्हान गरिएको छ । कोरोना महामारीबाट बच्न प्रत्येक केन्द्रमा जनचेतनात्मक कार्यक्रम पनि संस्थाले गरेको छ ।

१० जिल्ला कार्यक्षेत्र रहेको यस लघुवित्त वित्तीय संस्थाका करिव १७ हजार ५ सय सदस्य रहेको संस्थाका अफिसर खेमराज लम्सालले जानकारी दिए ।






Comments are closed.